किसान ऋणमा ।धान पानीमा।

भानु नगरपालिका वडा नं ९ का यवा वडा अध्यक्ष श्री मीन बहादुर गुरुङ भन्नु हुन्छ ।

__________ बिज्ञापन____________

धान डुबे पनि जनप्रतिनिधि र र किसानको दुख डुब्न दिन्नौ।वास्तविक  पिडामा रहेको बर्ग हो किसान।आषाढ महिनाभरि पानी नपरेर खेत रोप्न नपाउदा सधैं रातभरि आकाशमा हेरि भगवान पुकार्नु बाहेक अन्य उपाए थिएन।नियतले देब्रेकोल्टे फेरेको हो वा किसानले पनि मौसमलाई अनावश्यक चुनौती दिएर हो।अहिले फेरि एकपटक पानीमा गढेका धानका निहिन हेरेर किसान रन भूल्लमा पर्नु परेको छ।नेपाल सरकार मौसम बिज्ञान बिभागको मौसम सम्बन्धि जानकारीलाई पनि हामीले हल्कारुपमा लियौ कि।आषाढमा मौसम को जानकारी नमिल्दा अहिले हामी मर्कामा पो परेका हौ कि।सधैंभरि समय एकैनास हुँदैन ।मान्छेको मन र मौसम कतिवेला के हुन्छ वा बदलिएको हुन्छ थाहै हुदैन।

__________ बिज्ञापन____________

किसान सबैभन्दा उत्कृष्ट पेसा हो ।पहिला बाजेको पालाम उत्तम खेती ,मध्यम ब्यापार ,तुच्छ जागिर भन्ने लोकप्रिय उखान नै थियो तर अहिले ठिक उल्टो भएको छ।मानिसहरु आफ्नो जमिन बाझो राखेर अरुको कमारो बन्न रमाइरहेका छन।हाम्रोमा देशमा प्रयाप्त सिंचाइका सेवा सुबिधा नभए पनि बाजेको पालामा पनि नेपाल खाद्यान्नमा खासै कमजोर नभएको र कयौंपटक अन्य देशमा भोकमरी र खडेरी लाग्दा धान,मकै कोदो सहयोग गरेको इतिहास साक्षी छ।तर अहिले नाति पुस्ताले सबै सेवा सुबिधाका बाबजुद पनि प्लास्टिकका चामल खानेदिन नजिकै छ अब यस्तै गरि काम गर्न अल्छी गर्ने २४ सै घण्टा मोबाइलमा घोप्टिने बाली भित्र्याउने बेला दैवको लाठी किसानको थाप्लोमा बज्रिने हो भने हामी पन एकदिन राम्रोसँग भोकमरी को सामाना गर्न तयार हुनेदिन धेरै टाढा छैन।देशका बुद्धिजीवी ,कृषि बिज्ञ ठहर्‍याएका ब्यक्ति घाँटीमा धानको बीउ को माला र गमलामा रोपेको धानको फोटो हालेर दङ्ग पर्छन् ।अब भात पन त्यै गमलाको धानको खानु कि भारतीय ले प्लास्टिकको लङ्ग्रीन पठाउछ त्यै पहिला कृषि मन्त्री र बिभाग अनि कृषि बिज्ञ र कृषि अनुसन्धान का बिज्ञले खालान अब किसानले धान दिन सक्दैनन् ।कोदो रोप्न छोडे मकै बाँदरले लग्यो  ।धान पानी ले डुवायो ।सरकारलाई खोइ चिन्ता ।बाझिएको जमिनमा जे फल्छ त्यै रोप्ने ,बाँदर नियन्त्रणमा जोड दिने,किसानलाई प्रोत्साहन गर्ने,कृषि बिज्ञले आफ्नो ज्ञान,सीप किसानको खेतीपाती र पशुगोठमा पुगे सल्सुझाव दिने,प्रयोग र परीक्षण अनि सहज र सर्ब सुलभ सेवा सुबिधा दिएर उत्पादन बढाउन जोड दिने छैन।खेती गर्ने बेला मल को हाहाकार ,सिंचाइ छैन,उन्नत बीउ बिजन छैन।ठाउँ अनुसारको बालीनाली उत्पादनमा चासो र चिन्ता छैन।यस्ता कुरामा स्थानीय सरकारले पनि सहयोग गर्न त सक्नुपर्छ ।नत्र किन चाहिन्छ स्थानीय सरकार अहिले धान डुबे पनि किसानको सिना नडुबुन।जोस र जाँगरमा कमि नहोस् ।सरकार वास्तविक पिडित किसान प्रति सहयोग पुगोस् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।