राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै

काठमाडौं । चारदिने भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदैछन्। साेमबार बिहान पौडेल त्रिभुवन विमानस्थलबाट पाैडेल कतार प्रस्थान गर्न लागेका हुन्। विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन पौडेल कतार जान लागेका हुन्।

__________ बिज्ञापन____________

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन्।

__________ बिज्ञापन____________

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार पौडेलले कात्तिक १८ गते सम्मेनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यहाँ रहँदा उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटघाट गर्ने तालिका छ।

कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलले आयोजना हुने लागेको सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किनेछन्।

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार हुन लागेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
35 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।