काठमाडौं । नेपाली बजारमा सोमबार (कात्तिक १७) सुनको मूल्य स्थिर छ । यस दिन सुनको मूल्य आइतबार (कात्तिक १६)कै कायम छ ।
छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0