देश संकटमा राष्ट्र प्रमुखको बिदेश मोह।

काठमाडौ सम्वाद दाता

__________ बिज्ञापन____________

घाईते जेनजी सँगको साक्षत्कारमा जेनजीको राष्टप ती लाई बिदेश भ्रमण नगर्न आग्रह ।देश पीडा र दर्दमा छ यस्तो  अबस्थामा राष्ट्र प्रमुखको बिदेश मोह किन।

__________ बिज्ञापन____________

नेपाल को तर्फबाट राष्ट्र प्रमुख आउनै पर्छ नत्र महासभा रोकिन्छ भनेर त कहि कतै बिदेशीले रोईलो गरेको  देखिदैन ।नेपाल को तर्फबाट उपराष्टपति गएको भए के बिग्रेको हुन्थ्यो ।जहाँ पनि ठूला ठालू जानै पर्ने ।जेनजीको नाममा देश अस्तव्यस्त छ।सरकार छ कि छैन अत्तोपत्तो छैन।अहिलेसम्मकै सबैभन्दा लज्जास्पद अबस्थामा देश छ।देशलाई निकास दिन ,सरकारलाई उचित राय ,सल्लाह सुझाव दिन थाती राखेर पौडेल लाई भूई छोड्न किन हतार । देशको समस्या समाधानको खोजी गर्नु भ्रमण स्थगित गरेर स्वदेश फर्कदा मान र सान बढ्छ नेपाली जनताको रुचि र चाहाना हो पौडेल सँग अहिले को अबस्थामा जेनजीको पनि माग हो राष्ट्र पति जटिल समयमा बिदेश जानू निको हुँदैन ।तर राष्ट्र पति देश जनताको कुरा वे वास्ता गरेर जहाजमा बिदेश का लागि प्रस्थान गरेरै छाडे।फर्केर पछाडि पनि नहेरी जेनजी पनि पछि लाग्छ कि भनेर राष्ट्र पति,महोदय कतार प्रस्थान गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र  पौडेल  संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उहाँले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नुहुनेछ ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेल को निजी सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
16 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।