काठमाडौं । बुधबार (कात्तिक १९) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार (कात्तिक १८) सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0