देशलाई छाडा ढंगले चलाउन सरकारले संसद भंग गर्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् ।

__________ बिज्ञापन____________

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहोर्याउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाएका हुन् ।

__________ बिज्ञापन____________

उनले बिघटित प्रतिनिधिसभाको पुन स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका बिषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राखे । उनले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए ।

अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफुसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
17 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।