निजी क्षेत्र राष्ट्रको मेरुदण्ड, सुरक्षासहित प्रवर्द्धन आवश्यक : अध्यक्ष ढकाल

महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा बोल्दै अध्यक्ष ढकालले पछिल्ला आन्दोलन र आगजनीबाट निजी क्षेत्र गम्भीर रूपमा आहत भएको उल्लेख गर्दै दण्डहीनता अन्त्यका लागि कठोर कदम चाल्नुपर्ने बताएका हुन्।

__________ बिज्ञापन____________

उनका अनुसार मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत छ । “व्यवसायीमाथि आक्रमणले राष्ट्रकै मेरुदण्ड कमजोर बनाउँछ,” ढकालले भने, “राज्यले सुरक्षासँगै निजी क्षेत्रको मनोबल बढाउने पहल गर्नुपर्छ ।”

__________ बिज्ञापन____________

उनले सुशासन, रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन र पूर्वाधार विकासमा सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य रहेको बताए । ढकालले अर्थतन्त्रमा देखिएको चुनौती पार गर्न कर सुविधा, लगानी प्रोत्साहन, अवैध आयात नियन्त्रण र स्टार्टअप नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।

उनले हालैको आन्दोलनमा करिब ८८ अर्ब बराबरको क्षति भएको बताउँदै, पुनर्निर्माणका लागि सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

लगानीमैत्री वातावरणमा जोड
ढकालले सुशासन, कर प्रणाली सरलीकरण, युवा उद्यमशीलता प्रवर्द्धन र लगानीमैत्री नीति कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए । उनले भने, “सरकारले निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन सके मात्र आर्थिक पुनरुत्थान सम्भव छ।”

उनले कोभिड महामारीको समयमा समेत व्यवसायीहरूले कर तिरेको, रोजगारी जोगाएको र अर्थतन्त्रलाई चलायमान राख्न सहयोग गरेको स्मरण गराए ।
ढकालका अनुसार निजी क्षेत्र अहिले पनि जिम्मेवार र पुनर्निर्माणतर्फ उन्मुख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
29 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।