अफताव आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

__________ बिज्ञापन____________

कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्वसभापति ६३ वर्षीय आलमको गएराति काठमाडौँको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

__________ बिज्ञापन____________

विसं २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गाविस– ४ मा जन्मेका आलमले विसं २०३६ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । राजनीतिक जीवनमा उनले पटकपटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट उनी विजयी भएका थिए । विसं २०६७ मा सम्पन्न पार्टीको बाह्रौँ महाधिवेशनमा उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।

आमलको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको आजको बैठकले एक मिनेट मौन धारण गर्ने निर्णयसमेत गरेको छ । बैठकले आलमको निधनमा विसं २०८२ कात्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालमा झण्डा आधा झुकाउने, २०८२ कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।