मंसिर १ गोरखा।
रास्वपा को पार्टी प्रशिक्षण कार्यक्रम गोरखामा सम्पन्न भएको छ।उक्त कार्यक्रममा डाक्टर स्वर्णिम वाग्ले,कबिन्द्र बुर्लाकोटी लगाएतका नेताले प्रशिक्षण दिनुभएको थियोे ।रास्वपा जिल्ला सभापति सुवर्ण रोकाहा को सभापतित्वमा उक्त कार्यक्रम को शुभारम्भ गरिएको थियो ।उक्त कार्यक्रममा नयाँ पार्टी सदस्य पार्टीको सदस्यता दिने पार्टी लाई शसक्त ढंगले अगाडि लैजाने र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने बिषयमा पनि तिव्र छलफल चलाउनु भएको थियो डाक्टर वाग्लेले।सो प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका जिल्ला सदस्य तथा सर्व साधरणको पनि बाक्लो उपस्थित रहेको थियो ।पालुङ्गटार नगरपालिका कि रास्वपा जिल्ला सदस्य रिता श्रेष्ठले दिएको जानकारी अनुसार रास्वपा को देशैभरि प्रशिक्षण हुने र पार्टी प्रवेश गर्ने को जनलहर तिव्र गतिमा चलेको छ।रास्वपा आगामी चुनावमा आफ्नो पार्टी पहिलो हुने र सरकार हाक्ने कुरामा बिश्वस्त छ।जनतामा बढ्दो निराशा लाई चिर्ने र देशको लथालिङ्ग भताभूङ्ग स्थिति समाल्ने संकल्प पनि रास्वपा ले लिएको डाक्टर वाग्लेले बताउनु भएको छ।
गोरखा सम्वाद दाता।