मंसिर १ दमौली तनहुँ ।
तनहुँ को व्यस नगरपालिकामा करेसाबारी सफाई गर्ने क्रममा आगो बालेको ठाउँमा मोबाइलको पुरानो फालेको ब्याट्री विस्फोट भइ पड्किएर व्यक्ति गम्भीर घाइते भएका छन।हाल घाइतेको थप उपचारको लागि पोखरा रिफर गरिएको छ।
आज दिउँसो करिब ३ बजेको समयमा उक्त घटना आकस्मिक रुपमा घटेको पाइन्छ ।तनहुँको व्यास नगरपालिका–१३ पोखरी भज्याङस्थित घर अगाडि करेसाबारीको झारपात सफा गर्दै गर्दा ३५ वर्षीय अमृत गौली मोबाइलको ब्याट्री पड्किएर घाँटीमा चोट लाग्नु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार, घाइते गौलीको **प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा गण्डकी मेडिकल पठाइएको छ।
फोटो – अमरराज नहर्की सवितुर खवरका प्रेस सल्लाहकार को वालबाट।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0