मंसिर १ काठमाडौ ।
बंगलादेशको जेनजी आन्दोलनमा अमानवीय ढंगबाट गोली हान्न आदेश दिएको आरोपमा पूर्ब प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसलाअदालतले गरेको छ।
बंगलादेशमा अदालतले हालै पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा मृत्युदण्ड सुनाएको खबरले विश्वको ध्यान खिचेको छ। अपराध गम्भीर प्रकृतिको र हिंस्रक अमानवीय तथा गम्भीर थियोे ।उनको सत्ता च्यूत तथा बहिर्गमन पश्चात् गठित सरकारले कडारुपमा घटनाको जाँचबुझ गरि त्यहीअनुसार कानुनी प्रक्रिया अघि बढाएको देखिन्छ।हाल उनी भारतमा शरणार्थी भएर बसेको जनाएको छ।उनको सुपुत्रले अदालतको उक्त फैसला तुर्टीपूर्ण र पूर्वाग्रही रहेको अमेरिका बाट बताएका छन।
यता नेपालमा पनि गत भाद्र महिनाको २३/२४ गतेको जेन्जी पुस्ताले गरेको सोही प्रकृतिको आन्दोलनमा घुसपैठ भई राज्यपक्ष तथा नागरिकको तर्फबाट गरि मारिएका करिब ७६ निर्दोष युवाहरूले न्याय पाउने कुरामा आजसम्म कुनै पनि कानुनी प्रक्रिया सुरु नहुनु र घटनाको दोषीमाथि कुनै पनि छानबिनको प्रकृया अगाडि नबढेको बिषय पीडादायी र दर्दनाक छ।
जनताले मृत्युदण्ड होइन—
कम्तीमा दोषीलाई पक्राउ गरी छानबिन होस् — यही मात्र माग गरेका हुन्।
तर राज्यको मौनताले नागरिकहरूको चोट अझै गहिरिँदै छ। जनता बंगलादेशको सरकारले गरेको जस्तो नेपालको संविधान बमोजिमको न्यायको पर्खाइमा रहेको पाईन्छ ।