तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन् ।

__________ बिज्ञापन____________

सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उनले अपिल गरिन् ।

__________ बिज्ञापन____________

त्यस्तै उनले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभइ संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गरिन् । उनले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । छलफलका क्रममा नागरिक समाजका अगुवाहरुले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिएको खरेलले बताए ।

उनले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसंग निर्वाचन केन्द्रीत छलफल गर्ने तयारी भएको बताए । छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताए ।

प्रधानमन्त्रीसँगको छलफलपछि आफुहरुलाई निर्वाचन गर्न सरकार तत्पर रहेको आभाष भएको उहाले बताए । छलफलमा इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
31 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।