मंसिर १ काठमाडौ ।
काम चलाउ सरकारका प्रधानमन्त्री श्री केपि शर्मा वलीले प्रेस चौतारी र अन्य पत्रकार सँग साक्षात्कार गरेका छन।सो भेटमा राष्ट्रपति बाट काम चलाउ सरकारको जिम्मेवारी प्राप्त भएको र नेपाल को संविधानको मर्म र भावना अनुसार पनि उहाँको नेतृत्वको सरकार नै संबैधानिक काम चलाउ सरकार हुने ब्यवस्था गरेको छ।तर।संविधानमा नै देशको सार्वभौम सत्ता र अखण्डता नेपाली जनतामा निहित छ पनि उल्लेख छ।काँग्रेस एमाले को गठबन्धन सरकारलाई सत्ताच्यूत गरेपछि आन्दोलनको बलमा बनेको सरकार सर्वमान्य ,सर्व दलिय हुनुपर्नेमा देशी बिदेशी तत्व र एन जि ओ को अमेरिकी र युरोपियनले षड्यन्त्र गरेर नेपाली जनता बिभाजन गरेर गैह्र दलिय र असंवैधानिक सरकार गठन गरेर नेपाल र नेपाली जनताको हुर्मत लिन खोजेको र नेपाली भूमिमा कु दृष्टि लगाएर बिदेशी हस्तक्षेप गरि द्वन्द्वग्रस्त भूमिमा परिणत गराउन पनि लागि परेको प्रति पनि कडा टिप्पणी गरेका छन्।नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको क्रीडा स्थल बन्न बाट जोगाउन पत्रकारको पनि उल्लेखनीय भूमिका हुने र देश जोगाउन कानुनी राज्यको सान र मान र साख राख्न पनि पत्रकारको अहिले अपरिहार्य खाँचो देशका लागि रहेको छ।देशलाई दुर्घटना बाट बचाउन ,सामाजिक मूल्यमान्यता जोगाउन ,धर्म, संस्कार ,संस्कृति र अमनचैन कायम राख्न पनि पत्रकारको महत्त्वपूर्ण भूमिका हुनेकुरामा केपि शर्माले जोड दिनुभएको छ।
पत्रकारहरु बिच ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्दै शान्ति सुरक्षा नभएको यो अवस्थामा निर्वाचन सम्भव नभएको कुरा खुलेर बताउनु भयो। उहाँले अवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्नेमा जोड दिन पत्रकारहरुलाई आग्रह पनि गर्नु भयो। उहाँले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्दै वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको दावी गर्नु भयो।
उहाँले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको र त्यसका लागि जेन–जीका नाउँमा केही किशोरहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीहरूलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैलाउने काममा लागेको पनि बताउनु भयो। कुराकानीका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड आगजनी र शेरबहादुर देउवा दम्पती लगायत माथि भएको दुर्व्यवहारको छानबिन र कारबाही किन नभएको भन्ने प्रश्न पनि ओलीले उठाउनु भयो।
वर्तमान सरकार कला बिहीन नाटक देखाइरहेको टिप्पणी गर्दै जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको दावी गर्नु भयो। ओलीले वर्तमान सरकार कसको हो र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताउदै संवैधानिक आधार र जनाधार दुबै नभएको सरकारलाई धर्ती र आकाश कतैको पनि साथ नरहेको टिप्पणी गर्नु भयो।
उहाँको भनाई थियो ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’
यसका साथै सरकारले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको ओलीको आरोप थियो । अध्यक्ष ओलीले मुलुकलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एक मात्र विकल्प भएको जोड थियो।
‘अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ’ अध्यक्ष ओलीको अन्तिम जोड थियो ‘ यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स तत्कालै नै करेक्सन गर्नु पर्छ।
काठमाडौ सम्वाद दाताले तयार पारेको रिपोर्ट ।