आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ३ गते बुधबार। तदनुसार सन् २०२५ नोभेम्बर १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

__________ बिज्ञापन____________

मेष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

__________ बिज्ञापन____________

वृष : दिन सामान्य राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा घाटा हुनेछ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ । परिवारको साथ सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । समाजमा तपाईंको कामको चर्चा हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोले पनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा घाटा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

सिंह : दिन राम्रो छ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुन्छ । नजिकैको धार्मिक यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृश्चिक : दिन सामान्य छ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । तपाईंलाई सहयोग गर्ने साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

मकर : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको साथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ ।

कुम्भ : दिन राम्रो छ । व्यापारमा महत्त्वपूर्ण निर्णय हुनेछ । विश्वास गरेको पात्रले साथ दिनेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्ने सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
16 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।