एनपीएल सिजन–२ : सुदूरपश्चिमले काठमाण्डुलाई २९ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो ।

__________ बिज्ञापन____________

काठमाण्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । जोन सिमप्सोन २४, मिलिन्द कुमार ११ र सन्नी पटेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् र बलिङमा सुदूरपश्चिमका स्कट कुइगेलेइन, हेमन्त धामी, र हर्मित सिंहले दुईदुई तथा इसान पाण्डे, अभिनास बोहरा र नरेन साउदले एकएक विकेट लिए ।

__________ बिज्ञापन____________

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले २० बलमा ५३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिए । पहिलो ओभरमा २ विकेट लिदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
23 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।