आँबुगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ भएको बोलेरो जीप दुर्घटनामा छ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

__________ बिज्ञापन____________

घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका-२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका-८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ, इच्छाकामना गाउँपालिका-५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको प्रहरी नायब उपरिक्षक विकले बताए ।

__________ बिज्ञापन____________

छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिदा छ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।जीपमा ११ जना सवार रहेका मध्ये चालक सहित अन्य पाँच जना यात्रु भने सकुशल छन् ।

घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
19 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।