मंसिर ५ भानु ९ पुर्कोट तनहुँ ।
मिति २०८२ मंसिर ५ गते शुक्रबारका दिन यस विद्यालयको DLP भवन माथि टस छाना राखी निर्माण भएको भवनको समुद्घाटन तथा विद्यालयमा VAT NEPAL FOUNDATION NETHERLAND बाट विद्यालयलाई खेलकुदका सामग्री हस्तान्तण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका वि.व्य.स. अध्यक्ष दिर्घराज पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो। प्रमुख अतिथि भानु नगरपालिका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा बाँके जिल्ला बैजनाथ गाउँपालिका अध्यक्ष श्री प्रकाश बहादुर शाही र VAT NEPAL FOUNDATION NETHERLAND का प्रतिनिध श्री लोकमान श्रेष्ठ रहनु भएको थियो । यसैगरी अथितिहरुमा भानु ९ वडा अध्यक्ष श्री मिन बहादुर गुरुङ, भानु नगर कार्यपालिका बोर्ड सदस्य श्री धन बहादुर वि.क भानु ९ वडा सदस्य श्री कृष्णराज धमनिया VAT NEPAL FOUNDATION NETHERLAND का Er. श्री सजिन श्रेष्ठ साथै विद्यालयका पूर्व वि.व्य.स. सदस्यहरु वर्तमान तथा निवर्तमान वि.व्य.स सदस्यहरु आजिवन सदस्यहरु अक्षयकोषदाताहरुको उपस्थिति रहेको थियो ।
विद्यालयमा भवनको अभावका कारण दैनिक पठन पाठनमा अप्ठ्यारो स्थिति भइरहेको अवस्थामा भानु नगरापालिका VAT NEPAL NETHERLAND र विद्यालय परिवार र विद्यालयलाई हर तरहले सहयोग गरिरहनु भएको अभिभावक शुभ चिन्तकहरुको सयुक्त लगानीमा भवन निर्माण सु सम्पन्न भई आज आज उद्घाटन भएको छ । आगमी दिनमा पनि विद्यालयमा भौतिक र शैक्षिक सुधारका लागि यि निकायहरुको विद्यालय सँग हातेमालो रहनेछ भन्नेमा हामी विश्सत छौ । बिद्यालयले शैक्षिक क्षेत्रमा निक्कै बिश्वासनिय र भरोशा योग्य शैक्षिक बाताबरणको बिकास गरेको छ।भानु९ पुर्कोट स्थित बाईसजँघार बजार,रानीपानी,लक्ष्मी बजार,काउरेटार,भानु ८ को बगालेफाँट,माझी गाउँ, बलिफाट, रुपेटार र देउरालीटार सम्मका बिद्यार्थीको रोजाइमा पनि कर्मदा मा. वि. परेको छ।बिद्यालयको मनोरम बाताबरण ,बालमैत्री कक्षाकोठा,बालमैत्री शिक्षण सिकाइ ,पुस्तकालय ,खेलमैदान,योग्य ,अनुभवी ,र दक्ष शिक्षक तथा शिक्षिका र बिद्यालयका प्रधानाध्यापक श्री सञ्जय कुमार बि क को मेहनत र लगनशीलताका कारण पनि बिद्यालय भानु नगरपालिकामा चर्चाको शिखरमा छ।
स्रोत – प्रअ कर्मदा मा वि भानु९ पुर्कोट तनहुँ ।