राजा सबका साझा।नेता भागे राजा भागेनन्। र कहिल्यै भाग्दैनन् पनि।

मंसिर ७ काठमाडौं ।

__________ बिज्ञापन____________

नेपालको इतिहासमा पनि राजा पृथ्वीनारायण शाह,त्रिभुवन ,र महेन्द्र सबैभन्दा अग्रस्थानमा छन्।राजा बीरेन्द्र पनि नेपाल  र नेपालीका लागि प्रतिकुल कहिल्यै भएनन्।राजा ज्ञानेन्द्रलई प्रारब्धले जबर्जस्ती तीन तीन पटक श्रीपेच पहि-याउन जमर्को गर्दै छ।भाविको लेखा र चित्रगुप्ताको बहिखानामा लेखेपछि कसैले छेकेर,बोकेर,लखेटेर,नारा जुलुस गरेर टार्न सकिदैन । पौडेल बा को राष्ट्रपति प्रारब्ध नै हो।अहिले धेरै उफ्रनु पर्दैन नेपाली जनताहरु राजाको  पक्ष वा बिपक्षी भएर दैव पक्षमा लागेर अदृश्य रुपमा काम अगाडि बढेको  छ।राजा ज्ञानेन्द्रको तेस्रोपटक श्रीपेच धारण माघ महिनाको पहिलोहप्ता जुरेको देखिन्छ ।अब सबै देशद्रोही,भ्रष्टाचारको मालिकले झिटीगुण्टा कस्नु अरु फ्याउरे प्रसाईं,शाहि,मिश्र,लिङ्देन कसैले राजा आउ भन्नू पनि पर्दैन ।ल्याउने भन्नू पनि पर्दैन अझै जनमतको खन्चुवा गोटी चालेर संग्रह को कुरा गर्ने त राजा र राज संस्था बिरोधि

__________ बिज्ञापन____________

नै हुन।

खवरदार! दुर्गा प्रसाइ, ज्ञानेन्द्र शाही !! राजसंस्थाको बिषयमा जनमत संग्रह हुन सक्दैन !!!
____________________________________________

राजसंस्थाको बिषयमा जनमत संग्रहको कुरा गर्नेहरु देशलाई विखण्डन गराउन उद्दत पात्र हुन् । होइन भने नेपालको सन्दर्भमा राजसंस्थाले एकिकरण गरेर एकिकृत गरेर राखेको मुलुकमा राजसंस्था जस्तो अविभावकीय मीयो संस्थाको बिषयमा जनता विभक्त गराउन मिल्दैन। यदि राजसंस्थाको बिषयमा जनता विभक्त गराइयो भने मुलुक द्वन्द्वमा जान्छ। यसरी जसको बिकल्प नै छैन त्यो बिषयमा बिकल्प खोजे जस्तो गरेर जनता विभक्त गराउने काम नगर दुर्गा प्रसाइ, ज्ञानेन्द्र शाही ।

यो मुलुकमा संघीय गणतन्त्र भित्र्याउँनाले अहिले देश मर्ने कि बाँच्ने कोमामा छ । यो देशलाई स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न राख्ने हो भने निर्विकल्प राजसंस्था पुनःस्थापना अविलम्ब गर्नुपर्दछ। अन्य सबै विषय गौण हुन् तर राजसंस्था पुनःस्थापना निर्विकल्प यो देश बचाउने पहिलो र अन्तिम एकल माग हुनुपर्छ। दोग्ला चरित्र देखाएर यो देशलाई धोका दिने छुट कसैलाई पनि छैन र हुनुहुँदैन।

संधैलाई देश द्वन्द्वमा जान्छ यदि राजसंस्थाको बिषयमा जनमत संग्रह भयो भने। जो रअ, सिआइए, युरोपियन युनियनका पात्रका रुपमा पालित पोषित दलहरु छन् ती कहिल्यै राजसंस्था पक्षमा छैनन्। राजसंस्थाको विपक्षमा भएकै कारण मात्र ती दल र पात्रहरूको चुलो जलेको छ । अहिलेका ठुला राष्ट्रिय दलहरु तिनै छन्। तिनीहरूले राष्ट्रिय हितमा काम गरेको यो ३० बर्षमा देखिएको छैन।

अर्को कुरा एकछाक मासुभातमा केहि नसोची भोट हालेर ५ वर्ष पछुताएर बस्न तयार हुने जनता भएको मुलुकमा जनमत संग्रह गर्दा यदि विदेशीले महिनौंको लागि मासु र रक्सी खाने व्यवस्था मिलाइदियो भने के देश नै विदेशीलाई जिम्मा दिने ??? यो सानो मुलुक सचेतना कम भएका जनता त्यसमाथि चरम वेरोजगारीका कारण चरम आर्थिक संकट भोगिरहेका जनता दिनरात रोटीको चाहारिमा भौंतारिरहेका छन् । देशको बिषयमा सोच्ने फुर्सद उनीहरुलाई छैन। यहाँ यो देश खानलाई तयार भएर विखण्डनको झण्डा गाडेर बसेका सिके जस्ता पात्रलाई सघाउने काम नगर। तिमीहरुलाई जनताले माया गरेका राष्ट्रियता पक्षमा उभिएको देखेर हो त्यसको दुरुपयोग नगर ।

जनमत संग्रह भयो भने राजसंस्थाले जित्ने पक्का छ तर जसले जनमत संग्रहमा राजसंस्था पक्षमा भोट हाल्दैनन् तिनीहरूले राजसंस्थालाई कसरी अविभावक मान्न सक्छन् ? त्यसैले हामीले खोजेको राष्ट्रिय अविभावक हो । यसरी जनमत संग्रह गरेर राष्ट्रिय अविभावकको विभाजन गर्न पाइंदैन र यो कुनै हालतमा पनि गरिनु हुन्न । यसले देशलाई निकास दिने भन्दा देशमा द्वन्द्व बढाउँछ र देश नै निकास गर्न सहयोगी भूमिका निर्वाह गर्दछ । त्यसैले दुर्गा प्रसाइ र ज्ञानेन्द्र शाहीमा राष्ट्रियता छ भने राजसंस्थाको विषयमा जनमत संग्रह हैन निर्विकल्प राजसंस्था हुनुपर्छ भन्ने माग बुलन्द गर्नुस् ।

दशभक्त र राजसंस्था मात्रै देशको वास्तविक अभिभावक हुन्।

हाम्रो काठमाडौ सम्वाद दाताले विभिन्न राजाबादीको बिचार बाट तयार पारेको सार संक्षिप्त लेख।जय देश जय नरेश।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
63 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।