अनन्त सुन्दर बन्दै बागमती नदि ।

मंसिर ७काठमाडौं ।

__________ बिज्ञापन____________

काठमाडौं उपत्यकाको सभ्यता तथा संस्कृतिको प्रतीक बागमती नदीलाई ढलमुक्त, सफा र सुन्दर बनाउन अभियान सुरु गरिएको छ । नगरपालिका, बागमती सफाइ अभियन्ता, स्थानीय बासिन्दा तथा सबै सरोकारवालाको साझा प्रयास एवम् सहकार्यमा पहिलो चरणमा गुहेश्वरी–गोकर्ण खण्डलाई नमुनाको रूपमा विकास गर्ने कार्य अघि बढाइएको छ । गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन नहुँदा नदी प्रदूषित हुनुका साथै करिडोरको सडक समेत क्षतिग्रस्त छ । अब ढल व्यवस्थापन, करिडोरका सडक मर्मत, नदीमा थुप्रिएको फोहोर तथा लेदो हटाउने काम सँगसँगै अघि बढाइँदैछ । फोहोर हटाएपछि चेक ड्यामलाई प्रयोगमा ल्याई साना–साना तलाउ बनाउने तथा बोटिङलगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
दीर्घकालीन रूपमा बागमतीसहित सबै नदी करिडोरलाई सफा र व्यवस्थित बनाउँदै काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर र व्यवस्थित शहरका रूपमा विकसित गर्ने हाम्रो प्रतिवद्धता छ । हामी विश्वस्त छौँ—जव बागमती स्वच्छ बन्छ, तब काठमाडौं साँच्चिकै सुन्दर बन्नेछ ।

__________ बिज्ञापन____________

स्रोत – कुलमान घिसिङको सचिवालय । काठमाडौं सम्वाद दाता।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
16 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।