मंसिर ८ काठमाडौ ।
मेष राशि – मनमा डर त्रास र भय रहला। आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला।
बृष राशि – समय राम्रो खालको छ। चौतर्फी लाभ मिल्ने समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ।
मिथुन राशि –मन खुशि र हर्षित रहला।सरकारी कर्मचारीले उचित सहयोग गर्ने छन।मध्याह्नदेखि धनलाभ हुनेछ ।रोकिएका अधुकार्यले गति लिने छ।
कर्कट राशि- समय सामान्य शन्तोजनक छ।सेयरको कारोबारबाट पनि उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने,मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने,अधुरो कार्ययोजना ले समयमै गति लिन सक्ने।साँझदेखि मन हर्षित रहला।
सिंह राशि – समय प्रतिकुल छ।साथीहरूले भने असहमति देखाउलान, आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्न सक्छ।धैर्य राख्नु।
कन्या राशि – समय द्विविधा दिने छ।ब्यापारमा लाभको अबससर मिल्ने, धार्मिक यात्राको योग,पढाइमा मन लाग्ने, टाढाको मित्रबाट सु समचार मिल्ने,मन हर्षित रहला।
तुला राशि – समय बलवान खालको छ।आर्थिक कठिरहला,साथी सँग वाद बिवाद बढ्ने योग छ सतर्क रहनु।घरेलुकाममा बाधा अबरोध को सामाना गर्नुपर्ला।धैर्य राखेर अगाडि बढ्नु।दिन अनुकुल छैन।
बृश्चिक राशि – समयले अनुकूल फाइदा दिने छ।धार्मिक यात्राको योग छ।आर्थिक लाभ,परिवार को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।
धनु राशि – अनावश्यक यात्रा र भोजनमा ध्यान दिनु, ।मन चिन्तित रहला,पढाइमा मन जाने छैन।काममा बाधा अबरोध को सामना गर्नुपर्ने छ।हतारमा यात्रा नगर्नु।बस्त्र सामान हराउने योग छ।
मकर राशि – समय उत्तम छ। रोकिएका अधुरो कामले गतिदिने छन।मनमा हर्ष र उत्साह बढेर जानेछ।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।नयाँ बस्त्र तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ।
कुम्भ राशि – समय मध्यम छ। यात्रामा सतर्कता अपनाउनु।सरकारी काम बन्ने,शुभ समचार पनि मिल्ला,आकस्मिक धनलाभ हुने योग छ।छोटो दुरीको यात्राको योग पनि छ।पशु चौपाया बाट पनि लाभ मिल्ने।
मीन राशि – समय राम्रो छ।टाढाको यात्राको लागि जोखिम नलिदा राम्रो छ।सरकारी कामकाजको सिलसिलामा कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान,मिष्ठान्न भोजन को पनि योग छ।आर्थिक क्षेत्रमा अनेपेक्षित सुधारोन्मुख रहला।दन सुखमय रहला।
राशिफलले जे भने पनि सबैको दिन सुखमय रहोस् ।