युवामा देखिन सक्छ गम्भीर पनियो रोग ।

काठमाडौ मंसिर ८।

__________ बिज्ञापन____________

अहिलेका युवाले काम पेसा गर्दा कुटो,कोदालो ,हँसियाहथौडा समात्न जानेका छैनन् र समाउदैनन् पनि।समयले कोल्टे फेरेको  छ।अन्नबाली बिना समस्त चराचर जगतको अन्नमय शरिरधारी कोही पनि जीवित रहन सक्दैनन् । सुन खान मिल्छ न अन्य कुनै धातु वा अधातुले मानिसको वा चराचुरुङ्गीको पेटभर्छ। तर पनि मान्छेले आफू र समस्त श्रृष्टी बचाउने उत्कृष्ट पेसाको अपमान र अबहेलना गरेको पाप भोग्नु पर्छ।कुनै दिन नेपालीले ठूलाठूला भोकमरीको सामना गर्ने दिन टाढा छैन।अहिले किसान अपहेलित र ठूलो पिडामा छन।उत्तम खेती मध्यम व्यापार तुच्छ जागिर भन्ने पुरै उल्टो भएको छ।उत्तम जागिर ,मध्यम व्यापार तुच्छ खेतीपाती भएको  छ।भोकले भोजन खोज्छ अन्न बिना प्राण रहदैन ।मोबाइल निल्नु भएन निल्ने क्षमता पनि जो कोही सँग छैन।

__________ बिज्ञापन____________

किसान को धान वा अन्य अन्न मात्रै होइन ।किसान र स्वयं कृषि पेसामा सुगन्ध छर्नुपर्छ किसानको शरिरमा रहेको परिश्रमको सुगन्ध किसान नगर्ने ले लिन सक्नुपर्छ ।

अहिले कसैले यी परम्परागत कृषि सामाग्री बनाउन पनि सक्तैनन् ।अहिले को जेनजी पुस्ताले त झन देखेको  र चिनेको पनि छैन। कसैका हलो–जुवा, हँसिया–कोदालो जस्तै रोजीरोटीका औजारहरू हुन्। यिनैले कसैको घर चल्छ, भविष्य चल्छ, र त्यो पनि राम्रो स्तरमा।

एक समय थियो—परिवार पाल्न खेतबारीमा पसिना नझारेर बाँच्नै सकिँदैनथ्यो। करिब ३०० वर्षअघि ९०% मानिस कृषिमै निर्भर थिए। आज संसारमा केवल २% मानिस मात्र कृषिमा छन्, तर पनि विश्वलाई खान पुग्ने अनाज उत्पादन भइरहेको छ। किनकि पहिला मानिसले गर्ने धेरै काम अब टेक्नोलोजीले गरिदिन्छ।

जस्तै किसानले हलो चलाँउथे, आजको पुस्ताले मोबाइल र ल्यापटपमा औंला चलाएर नै आम्दानी कमाउन सक्छ। तर कृषिको अपहेलना गर्ने र किसानलाई हेलाँ होचो गर्नेको कदापि भलोहुने छैन।जय किसान, जय कृषि ।खै खेतीपातीमा युवा,खै खेतमा युवा जनशक्ति अनि कसरी फल्छ अन्न कसरी पेटभर्ने टन्न।युवा पलायन रोक्नुपर्छ ।खेतबारी अन्न र फलफूलले भरिभराउ पार्नुपर्छ अनिमात्र धर्तीमा स्वर्ग भेटिन्छ ।

किसानले गरेको गुनासोमा आधारित लेख।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
34 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।