मंसिर ८ काठमाडौं ।
शिक्षा मन्त्री महावीर पुनले ल्याउदै छन सरकारी बिद्यालय सुधारका गतिलो कार्यक्रम पुनले विद्यालयमा प्रधानाध्यापक छनोट गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार पारेको छ । उक्त कार्यविधिलाई कानुनी आधार कसरी दिने तथा कार्यान्वयनमा ल्याउने आधारको पनि व्यापक तौर तरिका खोजिरहेकको छ।मन्त्री पुनले कार्यविधिलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसँग तिब्र छलफलमा अगाडी बढेको स्रोतले जनाएको छ । त्यसरी छनोट गर्दा योग्यता अनुसार स्थायी शिक्षकबाटै ल्याउने गरी कार्यविधि बनेको उनको भनाई छ । प्रधानाध्यापकका आकाँक्षीलाइ शिक्षक सेवा आयोगले देशभरिका योग्यता पुगेका स्थायी शिक्षक मध्येबाट लाइसेन्स परीक्षामा सहभागी गराउन सक्ने व्यवस्था कार्यविधिमा रहेको छ ।
यसैगरी यसरी तहगत योग्यतासहितका लाइसेन्स प्राप्त शिक्षक देशभरिका कुनै पनि स्थानीय तह वा विद्यालयमा उम्मेदवार बन्न सक्ने, सोही विद्यालयमा कार्यरत भएको हुनु पर्ने बाध्यता हटाइएको, आधारभूत तहसम्म सोही स्थानीय तहभित्रबाट र माध्यमिक तहका लागि देशभरि जुनसुकै जिल्लामा कार्यरत शिक्षकले आवेदन दिन सक्ने तर स्थानीय समुदाय र वस्तुस्थितिको ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।
प्रधानाध्यापक हुनका लागि ज्येष्ठताको आधारमा मात्र नभई स्थायी सेवा सुरु गरेको ५ वर्ष अनुभव भएको शिक्षक पनि प्रअका लाइसेन्सका लागि योग्य हुने व्यवस्था छ ।
काठमाडौं संवाददाता ।