मंसिर ९ काठमाडौं ।
भानु नगरपालिका ३ तुरतुरे तनहुँ निवासी युवा व्यवसायी श्री बिराज श्रेष्ठ दाम्पत्य जीवनमा प्रवेश गर्नुभएको छ।नेपालमा नै छ युवालाई सम्भावना भनेर सानो उमेर देखिनै व्यवसायमा प्रवेश गरेका श्रेष्ठ युवाहरु माझ निक्कै लोकप्रीय पनि छन्।युवाहरूको बिदेश पलायन रोक्न र नेपाल र नेपालीको समृद्धिका लागि युवाले आफ्नो जन्मभूमिमा नै श्रम,सीप र पसिना बगाउनु पर्छ भन्ने उहाँको धारणा छ र युवालाई रोजगारी तथा उद्योग व्यवसाय गर्न र पलायन रोक्न केन्द्र सरकार र स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने पनि उहाँ बताउनु हुन्छ।
युवा अवस्थामा नै व्यवसाय समाल्दै सामाजिक भूमिकामा पनि उहाँको उल्लेखनीय योगदान छ।
भानु ३ तुरतुरे निवासी सफल ,मिलनसार व्यवसायी श्री राजन श्रेष्ठ र श्री श्रीमती बिमला श्रेष्ठ ज्यूका ज्येष्ठ सुपुत्र सुपुत्र भानु नगर खेलकूद विकास समितिका सदस्य तथा सामना युवा क्लब तूरतुरेका अध्यक्ष जस्तो गरिमामय पदमा पनि बहाल हुनुहुन्छ ।
स्रोत भानु ३ तुरतुरे तनहुँ ।