काठमाडौं गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ ।

__________ बिज्ञापन____________

मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

__________ बिज्ञापन____________

काठमाडौंले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाए । दिलीप नाथले २५ रन बनाए ।

बलिङमा काठमाडौंका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट लिए । कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान १–१विकेट लिए ।

यसअघि, काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि कप्तान करण केसीले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाए । ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन बनाए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समाचन दुई–दुई विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
23 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।