नेपाल पुलिस स्कुल बेलचौताराले प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलले गण्डकी प्रदेशस्तरीय यु १६ अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

__________ बिज्ञापन____________

विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्धेश्यसहित मङ्सिर १७ गतेदेखि २१ गतेसम्म विद्यालयले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

__________ बिज्ञापन____________

खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुची बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कूल बेलचौताराको खेलमैदानमा हुने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । पहिलो दर्ता हुने टिमलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

नकआउट प्रणालीमा खेलाइने खेलको आवश्यक तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मैदान सुधार र प्राविधिक व्यवस्थापन, रेफ्री तथा टेक्निकल अफिसियलहरूको व्यवस्था, मेडिकल टोली, प्राथमिक उपचार, एम्बुलेन्स, सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

फुटबल प्रतियोगिताले ग्रामीणदेखि शहरसम्मका प्रतिभाहरूलाई उजागर गर्न सहयोग गर्ने विद्यालयका समादेशक प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका युवा खेलाडीहरूलाई सक्षम र आत्मविश्वासी बनाउने लक्ष्यसहित यो प्रतियोगिता अघि बढाइएको छ ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
47 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।