काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम लिएर पार्टीमा विवाद नगर्न आफूनिकट नेताहरूलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो आफूनिकट केन्द्रीय नेताहरूलाई बैठकमा बोलाएका उनले पार्टी नियमित र विशेष महाधिवेशन भन्दै किन विवाद गरेको भन्ने प्रश्नसमेत गरेका थिए ।