दमौली । तनहुँको व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ ।
मन्दिरमा बहुउद्वेश्यीय धर्मशाला,होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले आयोजना गरिएको महायज्ञमा शुक्रबारसम्म उक्त रकम संकलन भएको हो ।
आज सबै भन्दा बढी दान सोही वडा स्थित चेतबहादुर दरैका परिवारले ५२ हजार ८९७ दान प्राप्त भएको महायज्ञ आर्थिक समितिका संयोजक केदार रिमालले जानकारी दिए।
आर्थिक समितिका सदस्य सन्तमानसिं बस्नेतसुनिल मिश्र लगायतका सदस्यहरुले सक्रिय भूमिका निर्वाह गरी काममा सहयोग गर्दै आउनु भएको छ ।
धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि रतौली टोल विकास संस्थाको आयोजना तथा सृजना आमा समुह र जलेश्वर मन्दिर संरक्षण समिति सहआयोजक रहेका छन् ।
यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न पितृमोक्ष धनधान्याञ्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव रतौली टोल विकास संस्थाका अध्यक्ष एवं महायज्ञ आर्थिक समिति संयोजक संयोजक अभिमानसिं बस्नेतले जानकारी दिए।
महायज्ञबाट प्राप्त दानबाट एकसय जनासम्म क्षमताको भक्तजनलाई राख्न सकिने सुविधा सम्पन्न बहुउद्वेश्यीय धर्मशाला निर्माण गर्ने योजना रहेको रहेको छ ।
संयोजक बस्नेतले भने,“जलेश्वर महादेवको मूर्ति स्तरीकरणका साथै होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गरी थप पर्यटन प्रबद्र्धन गर्ने प्रमुख उद्वेश्य रहेको छ ।”
उक्त महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्नु भएको छ । महायज्ञमा कथा वाचनका साथै राष्ट्रिय कलाकारहरुो बेजोड प्रस्तुती नाटक र भजनकीर्तन कार्यक्रम रहेको छ ।
प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही,बेदव्यास लगायतका धार्मिक पर्यटकीय क्षेत्रमा घुम्न आएका धर्मावलम्वीलाई खाना र बस्न समस्या भएको अवस्थामा धर्मशालामा राख्ने व्यवस्था मिलाइने प्रचारप्रसार समितिका संयोजक दीपक बस्नेतले बताए।
दमौली र आसपास क्षेत्रका धार्मिक भुगोललाई समेटन सकिए धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने प्रचूर संम्भावना देखिएको वडासदस्य एवं महायज्ञका सल्लाहकार मणिजंग बस्नेतले जानकारी दिए।