बिराटनगर किङ्सको चौथो जित, कर्णाली याक्सविरुद्ध ३ विकेटले बिजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित निकालेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गरेको हो ।

__________ बिज्ञापन____________

विराटनगरका लागि बसिर अहमदले ४३ बलमा ६२ रन बनाए । त्यस्तै, लोकेश बम ६, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५, प्रतिश जिसी ६ रन, कप्तान सन्दीप लामिछाने ६ रन बनाए ।

__________ बिज्ञापन____________

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई विकेट लिए । पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक/एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर प्रियांक पाञ्चालले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए । ओपनिङमा आएका मार्क वाट ६ रनमा क्याच आउट भए ।

यस्तै गुल्सन झाले २० रन, विल बोसिस्टोले नटआउट ४८ रन, नाजिबुल्लाह जाद्रानले १२ रन बनाए ।

बलिङमा डि लाङ र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
48 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।