मंसिर १३ गते शनिबार ।
तनहुँ भानु।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।
यात्रा सफलमा लाभ। स्वास्थ्यमा बाधा रहला। चौतर्फी लाभको अबसर मिल्ने साथीहरू सँग रमाइलो गरेर दिन बित्ने छ।।रोकिएका अधुरो काम बन्ने।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।
यात्राको योग छ। शरीर कमजोर रहला। चौतर्फी लाभ मिल्ने समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि घटने बढ्ने छ।
मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।
मिष्ठान्न भोजन मिल्ने। मित्र भेट होला।आर्थिक लाभ मिल्ने। कृषिजन्य पेसामा लाभ।मध्याह्नदेखि धनलाभ हुनेछ ।काम बन्ने।
कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार।
स्वास्थ्यमा सुधार ।यात्रामा साबधान हुनु ।व्यवसाय शन्तोजनक छ।व्यवसाय बाट उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने,मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने,अधुरो कार्ययोजना ले समयमै गति लिन सक्ने। मन हर्षित रहला।
सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार। शरिर कमजोर रहला।साथीहरूले पनि साहनुभूति देखाउलान, आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्न सक्छ।धैर्य राख्नु।घरायसी काममा मन जाने छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार ।मेसिनको कामबाट धनलाभ। मित्रलाभ, ब्यापारमा लाभको अबससर मिल्ने, धार्मिक यात्राको योग,पढाइमा मन लाग्ने, टाढाको मित्रबाट सहयोग मिल्ने,।मन हर्षित रहला।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार ।
समय प्रतिकुल खालको छ।आर्थिक लाभ,।साथी सँग रमाइलो यात्राको योग छ । लेनदेनमा सतर्क रहनु।घरेलुकाममा बाधा अबरोध को सामाना गर्नुपर्ला।धैर्य राखेर अगाडि बढ्नु।दिन अनुकुल छैन।पढाइमा अबरोध ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार ।
समय अनुकुल छ। धन लाभको अवसर मिल्ने योग छ।साथीहरू को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।मिष्ठान्न भोजन मिल्ने।
धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार ।मन हर्षित रहला।,पढाइम रुचि छैन।लेनदेनमा बाधा अबरोध को सामना गर्नुपर्ने छ।यात्रामा सामान हराउने योग छ।सतर्कता अपनाउनु ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।
धनलाभ । यात्रामा जाने मौका मिल्ने छ। रोकिएका अधुरो कामले गतिदिने छन।मनमा हर्ष र उत्साह बढेर जानेछ।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान बस्त्र तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ।
कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।
पढाइमा मन जाने छ। मिष्ठान्न भोजन मिल्ने छ। यात्रामा सतर्कता अपनाउनु। बिदेशी सरकारी काम बन्ने,।शुभ समचार पनि मिल्ला,आकस्मिक धनलाभ हुने योग छ।छोटो दुरीको यात्राको योग पनि छ।पशु चौपाया बाट पनि लाभ मिल्ने।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।
मिष्ठान्न भोजनको अबसर मिल्ने छ। यात्राको लागि जोखिम नलिदा राम्रो छ।सरकारी कामकाजमा ढिलाइ हुने। आर्थिक कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान। घरेलु समस्या सुधारोन्मुख रहला।
राशिफल ले जे भने पनि हजुरहरु सबैको दिन सुखमय रहो