एमालेमा बढ्दो चुनावी सरगर्मी।

एमाले महाधिवेशन : तनहुँमा १२ प्रतिनिधिका लागि ६२ उम्मेदवार, आजै निर्वाचन हुँदै
अमरराज नहर्की
तनहुँ, मङ्सिर १३ गते
नेकपा एमाले तनहुँमा महाधिवेशन प्रतिनिधि छनोट आज प्रत्यक्ष मतदानमार्फत हुने पक्का भएको छ । एकजनाले समेत नाम फिर्ता नलिएपछि निर्वाचनमा जानु परेको हो । सहमतिमै टुंग्याउने प्रयास बिहीबार दिनभर जारी रहे पनि सफल हुन सकेन ।

__________ बिज्ञापन____________

सहमतिको प्रयासमा एमाले केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहकार एकबहादुर राना र प्रतापलाल श्रेष्ठ सक्रिय थिए । तर कुनै पनि उम्मेदवार पछि हट्न तयार नभएपछि नेताहरूको पहल निष्प्रभावी बन्न पुग्यो । निर्वाचन संयोजक अधिवक्ता शिवदत्त ढकालले भने,
“नाम फिर्ता एकजनाले पनि नदिएपछि निर्वाचन बाहेक विकल्प रहेन । ६२ उम्मेदवार व्यवस्थापन नै ठूलो चुनौती बनेको छ ।”

__________ बिज्ञापन____________

पालिकाले तोकेको मतदान केन्द्र

निर्वाचन आज मंसिर १३ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आ–आफ्नै पालिका कमिटिले तोकेको स्थानमा हुनेछ । सबै मतपेटिका मतदानपछि जिल्ला पार्टी कार्यालयमा ल्याएर मतगणना गरिनेछ ।
केन्द्रीय संगठन विभागले पठाएको मतदाता नामावली र मतपत्र शनिबार बिहानसम्म प्रत्येक पालिका कमिटिमा पुग्ने एमालेले जनाएको छ ।

१२ सिटका लागि कडा प्रतिस्पर्धा

तनहुँबाट महाधिवेशनमा क्षेत्र नं. १ बाट २ खुला, २ महिला, १ जना ४० वर्षमुनिका गरी ५ प्रतिनिधि,
क्षेत्र नं. २ बाट ३ खुला, २ महिला र १ जना ४० वर्षमुनिका गरी ६ प्रतिनिधि र
जिल्लाभरबाट १ जना दलित प्रतिनिधि गरी १२ जना चयन हुनेछन् ।

क्षेत्र नं. १ का उम्मेदवारहरू

खुला (१२) : हरिराज कँडेल, कृष्णराज ढकाल, अनिल पाण्डे, श्रीराम कार्की, ऋषिराम भुषाल, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, गोविन्दप्रसाद अधिकारी, पूर्णबहादुर गुरुङ, प्रेमकुमार राना, प्रदिपराज अधिकारी, वासुदेव पुडासैनी।
महिला (८) : सिता पाण्डे, बिन्दु बस्नेत, मनुमाया श्रेष्ठ, देवु विष्ट, बेदकुमारी वाग्ले, रुपा तामाङ, बसुन्धरा घर्ती, फूलमती थापा।
युवा – ४० वर्षमुनि (८) : मदन तिमिल्सेना, सोमबहादुर तामाङ, विरबहादुर लामा (चिज), अजित पन्थ, रामप्रसाद सापकोटा, अमिर गुरुङ, सुजन आचार्य, सरु कुमाल।

क्षेत्र नं. २ का उम्मेदवारहरू

खुला (१८) : खिमबहादुर महत क्षेत्री, श्यामराजा महत, विष्णुभक्त सिग्देल, आनन्दसुन्दर श्रेष्ठ, कमल ढकाल, मुक्तिनाथ तिमिल्सेना, दिर्घबहादुर थापा, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, दलराज थापा (कुमार), होमबहादुर थापा, राजेश्वर ढकाल, श्रीप्रसाद श्रेष्ठ, निरोज खनाल, नारायण खनाल, हर्कबहादुर गुरुङ, सूर्यबहादुर गुरुङ, लक्ष्मण पौडेल।
महिला (६) : विष्णुकुमारी अधिकारी पराजुली, विष्णुमाया श्रेष्ठ, बिर्सना श्रेष्ठ, रत्नादेवी घिमिरे, सानुमाया महत, फूलमाया वाग्ले।
युवा – ४० वर्षमुनि (४) : आरके पोख्रेल, उज्वल खनाल, इमानसिंह सार्की, खिमबहादुर कुमाल।

दलित तर्फ (६)

बाबुराम सुनार, मिठुमाया गन्धर्व, दीपक खाती, मनोज सुवर्णकार, भरत लामगादे, मोहन सुनार।

मतदाता संख्या र संरचना

चैत मसान्तसम्म लेभी तिरेका ५६९३ संगठित सदस्य तनहुँभरि रहेका छन् ।
— क्षेत्र नं. १ : २४०७
— क्षेत्र नं. २ : ३२८६

सबैभन्दा धेरै संगठित सदस्य भिमाद नगरपालिकामा छन् भने सबैभन्दा कम ऋषिङ गाउँपालिकामा छन्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
28 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।