एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ ।

__________ बिज्ञापन____________

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

__________ बिज्ञापन____________

यससँगै, सुदूरपश्चिम एनपीएलमा प्लेअफ पुग्ने पहिलो टोली समेत बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लगातार पाँचौं जित सहित साविक उपविजेता समेत रहेको सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।

आज भएको खेलमा सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

त्यस्तै, विनोद भण्डारीले ४२ रन र क्रिस लिन १ रनमा आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी १० रन र हर्मित सिंहले २५ रन बनाए ।

बलिङमा जनकपुरका माज सदाकतले २ विकेट लिए । त्यस्तै, सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एक–एक विकेट लिए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियाे ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३८ बलमा २ चौका र २ छक्का सहित अर्धशतक प्रहार गरे । त्यस्तै, जोन निकोल लोफ्टी इटन ३९, माज सदक्वात १२, मयन यादव ६, आदित्य मेहता १५ र वायन पार्नेल १४ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले ४ विकेट लिए । त्यस्तै, स्कट कुइगेलेइनले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
94 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।