मंसिर १४ काठमाडौं ।
अहिले नेपाली राजनीतिको मुहान सफा गर्न राजनीति लाई जनताको आशा र भरोशाको केन्द्र बनाउन ,नेपाल र नेपालीको सान र मान कायम राख्न ,समृद्धि को ढोकाखोल्न र सक्षम क्षमतावान युवा पलायन रोक्न,पनि नेपाली जनताले अब एक पटक गम्भीर भएर मतदान गर्ने बेला वा देशको मुहार फेर्नका लागि मतदान गर्ने स्वर्णिम बेला आएको पनि रास्वपा नेता तथा कार्यकर्ताले पनि भन्ने गरेका छन। पार्टी र विवेकशील साझाबीच भएको एकीकरण वैकल्पिक राजनीतिलाई मुलधारको शक्तिको रुपमा नेपाली राजनीति को शक्ति केन्द्र बन्ने सम्भावना बढेर गएको छ। रास्वपा र साझा दुबैको लागि यो अवसर ऐतिहासिक कोशेढुंगा हो भन्नेमा म विश्वास गर्दछु। सोबिता गौतम भन्छिन् । यो जेन–जी पुस्ताले मागेको परिवर्तनप्रतिको सम्मानसँगै नेपालको भविष्य लेख्ने युवाहरूको सामूहिक प्रतिबद्धता पनि हो।
अबको राजनीति आरोप–प्रत्यारोपमा अल्झिने होइन, राष्ट्रहित, नीति र समाधान केन्द्रमा ल्याउने हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो। हिजो २१ सांसदले स्थापित गरेको संसदिय मानकलाई अब बहुमतको शक्तिले देशको नियती बनाउने समय आएको छ। २१ ले संसदीय मानक कायम गरे आउने निर्वाचन पछि बहुमत ले परिवर्तनको मानक कायम गर्नेछ।
आशा, साहस र उत्तरदायी नेतृत्वको उदय सँगसँगै रास्वपाको राप र ताप पनि नेपाली राजनीतिमा ह्वात्तै बढेर गएको छ। रास्वपा र विवेकशील साझा दुबै मिलेर राजनीति को साख जोगाउन पनि सफल हुने कुरामा जनताले बिश्वास गरेका छन।देशमा अवसर र सम्भावना नदेखिएको अबस्थामा देशको राजनीति सुधार गरेर देश भित्र नै युवाका लागि अवसरको सृजना गर्न,बिदेश पलायन रोक्न पनि अबको राजनीति र युवाको सोचमा परिवर्तनको खाँचो छ।
स्रोत – संवाददाता सवितुर खबर।