- मंसिर १४ गते तनहुँ ।
तनहुँ जिल्ला स्थित भानु नगरपालिकाका युवा शिक्षा सहायक अधिकृतले पनि दाम्पत्य जीवनको लगन गाँठो कसेका छन्।समग्र भानुको शिक्षाको बिकास,र उन्नतिका लागि अहोरात्र खटिने र शिक्षाक्षेत्रको सुधार गरेर मात्रै देशको मुहार फेर्न सकिने कुरामा शिक्षा अधिकृत श्री कृष्ण त्रिपाठीले हामी सँगको भेटमा बताउनुभयो ।स्थानीय स्तरमा नै शिक्षाको सुधार गर्न आफ्नो पालिकालाई नै कार्यक्षेत्र रोजेर समग्र भानुको शिक्षा बिकासमा लागि पर्ने र आफ्नो उर्जा,सीप,क्षमताको भरपुर प्रयोगमा ल्याएर तनहुँ मात्रै नभई समग्रमा देशभरि नै शिक्षाको हवको रुपमा भानु नगरपालिका चिन्ने र चिनाउने काममा उहाँ खटेर लागि परेको बताउनुहुन्छ।वास्तवमा युवाहरु सम्भावनाको खोजीमा देशै छोडेर पलायन हुने बढ्दो क्रम भङ्ग हामीले हाम्रो पालामा नै गरेर देखाउनु छ भन्नू हुन्छ ।उहाँ जस्तो सक्षम,क्षमतावान युवाले हो नगरको शिक्षाको सुधार गर्ने ।यस्ता सयौं युवा अधिकृतले तन मनले देश बिकास गर्ने,देशको मुहार फेर्न लाग्ने हो भने धेरै समय पर्खनु पर्दैन शिक्षाको परिवर्तन हेर्न ।उहाँ भन्नुहुन्छ समृद्धि र सम्भावनाका ढोका खोल्दै शिक्षाको क्षेत्रमा देखिने बिकृति र बिसंगतिको अन्त्यको सुरुवात आफ्नो कार्यक्षेत्रबाटै गरेेर देखाउने बिश्वास पनि हाम्राे कुराकानीमा ब्यक्त गर्नु भयो ।
स्रोत -सवितुर खवरका संवाददाता ।