मंसिर १४ काठमाडौं ।
मुलुकको ठूलो जनताको आशा र भरोसा बोकेको लोक तन्त्रको दुहाई दिने काँग्रेस पार्टीको इतिहास मेटाउने दाउमा तगारो बनेर लागेका निधि र सिटौला को तगारो देउवाले एकै झट्कामा भाँचिदिएका छन।प्रजातान्त्रिक व्यवस्था र जनताको हक अधिकारका निम्ति जीवनभर सरकार बिरुद्ध महासंग्राममा जीवन खर्चेर ५ पटक मुलुक को अप्ठ्यारो अवस्थामा शासनको बागडोर समालेका हक्की र इमानदार नेता हुन देउवा ।समय काल खण्डमा घरवाली र पुत्रमोहमा परेर।होस गुमाउन पुगेका र किंकर्तव्य बिमुढ बनेका देउवाले फेरि मुलुकको संकटको घडीमा निकास दिन र काँग्रेसको बिरासत जोगाउन लागि परेका छन्।देउवा महाधिवेशन गर्न सहमत भए पनि कृष्णप्रसाद सिटौंला र विमलेन्द्र निधि भने सहमत भएका छैनन्। उनीहरूले देउवाकै अगाडि पुषभित्र महाधिवेशन गर्ने प्रस्ताव अस्वीकार गरेका थिए।
सिटौंला र निधिले बहुमत सदस्यहरू चुनावअघि महाधिवेशन गर्ने पक्षमा नरहेको जिकिर गरेका छन्। तर देउवाले भने आफूले मंसिरभित्रै नियमित महाधिवेशन गर्न चाहेको र ढिलोमा पुसभित्रै महाधिवेशन हुने बताएका थिए ।
देउवा पुषभित्रै महाधिवेशन गर्न सहमत भएसँगै यसले कांग्रेसभित्र देखिएको किचलो र गतिरोध अन्त्य हुनेनिश्चित प्राय देखिएको छ। किनभने एक महिनादेखि महाअधिवेसन बारे निर्णय हुन नसक्दा केन्द्रीय समितिको बैठक अनिश्चित र अनिर्णयको बन्दी बनाउने प्रयासमा ज्यानै फालेर लागि परेका सिटौला र निधिलाई अन्तयमा देउवाले रौद्र रुप देखाउनसाथ निध र सिटौला को तगारो जलेर खरानी हुन पुगेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्दै दिनरात डटिरहेका थिए ।अब काँग्रेस कस्तो बनाउने र चुनावी को तयारी र भावि काँग्रेस को रोडम्याप कस्तो बनाउने भन्ने कुरा र जेनजी आन्दोलनको धर्म र मर्म पनि काँग्रेस पार्टीको महाअधिवेसनमा सम्बधन हुने कुरा महामन्त्री थापाले बताएका छन्।
स्रोत – सवितुर खबरका काठमाडौं संवाददाता ।