मंसिर १४ काठमाडौं ।
चुस्स लगाएर ज्योतिष बनिदैन् ( प्रसङ्ग इन्डिया र हाम्रातिरको)
जून ज्योतिषले पैसालाई आफ्नो भगवान् बनायो, उसका लागि आमाबा, परम्परा सबै सस्तो बजारका सामान झैँ बन्छन्।
यही संसारको अद्भुत विडम्बना हो। मानिसले आफ्नो आत्मा बेचिसक्दापनि आफू नै बेचिएको कुरा बुझ्दैन।
हिजो पर्व सुधारको नाममा वर्षको आत्मा नै बदल्न खोज्नेहरू,
आज फेरि पात्रोको मुटु चिरफार गर्न उत्साहित देखिन्छन्।
तर सत्य के हो भने क्यालेन्डर बदलिँदा पुर्खौली विरासतले बनेको सौर्यसिद्धान्तका समय बदलिँदैन, बदलिन्छ केवल मनको असुरक्षा।
सुर्यसिद्धान्तलाई गलत ठहर्याउँदै नयाँ पात्रो बोकेर हिँड्नेहरू
वास्तवमा केही नयाँ सिर्जना गर्दैछन् भन्ने होइन, उनीहरू त मिसिनरिका फन्डिङ्गमा, पैसाको निम्ति आफ्नै जरा काटेर
छायासँग बोल्ने अभ्यास गरिरहेका छन्।
एकछिन केतकी (केतकी- कतकरिया पन्चाङ्ग- बिधि) पात्रोलाई बोक्नेहरु ठिक थिए भनेर मानौं ,अब उत्तर दिनुहोस् ;
के त्यसो भए हाम्रा आजसम्म ज्ञान् दिने सबै गुरु गलत थिए?
के हाम्रा पिता–पुर्खा मुर्ख थिए?
के हाम्रा गुरुकुल विश्वविध्यालय सबैमा गलत पढाईन्थे ?
अहिलेसम्म निकालिएका पाठ्यसामग्री पाठ्यपुस्तक गलत थिए ?
हाम्रा शास्त्र गलत थिए ??
कि आजको व्यापारकै लागि सत्यलाई सस्तो टोकरामा राखेर यी सबै बेच्ने खेल चलिरहेको छ? उत्तर पाउ त ।
“मानिसले भगवान् हराउँन सक्ने छैन, मानिसको केवल सत्यसँगको सम्बन्ध हराउँछ। र जब सत्य छुट्छ, बजारीकरण सुरु हुन्छ।”
सनातन पात्रोको सुगन्ध हजारौँ वर्षको अनुभूति हो। यो विज्ञान पनि हो, अनुभव पनि हो,अनुशासन पनि हो,आत्मा र ब्रह्माण्डबीचको सम्झौता पनि हो।
केही मानिस आन्तरिक रिक्तता नबुझेरहातमा नयाँ कात्रो लिएर
पुरानो आकाश बदल्न खोज्छन्। तर आकाश बदलिँदैन। बदलिन्छ केवल त्यो आँखाको आकाश हेर्न छोडिसकेको हुन्छ।
पैसाका लागि सत्य बेच्नेलाई दण्ड दिने कुरा होइन, यी अपराधीहरुसित “सचेत हुने हो । सजग हुने हो। यी अपराधीले बेच्न खोजेको शास्त्र र पात्रो होइन, आफ्नै भित्रको सत्यता हो ।”
अत:
बाच्नकै लागि पात्रोलाई कात्रो नबनाउहोस। कुनै पात्रोले तपाईंलाई दिशा दिन्छ भने त्यो केवल तपाईंको चेतनाको पात्रोले नै हो। यही उत्तरको निम्ति एकदिन हृदयले प्रश्न सोध्नेछ ?
स्रोत – आदरणीय गुरु चन्द्र कान्त ढकालको अन्तरमनको संवाद।