आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं ।

__________ बिज्ञापन____________

मेष : दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ ।

__________ बिज्ञापन____________

वृष : दिन राम्रो छ । तपाईंका साथीभाइको साथ मिल्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ । स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन् । परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ ।

मिथुन : साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य छ । गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

सिंह : आज आफन्तबाट धोका हुनेछ । आज नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कम बोल्न राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ ।

कन्या : दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

तुला : दिन राम्रो छ । दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । रोगले सताउने जोखिम छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : उद्योगमा फाइदा हुने दिन छ । साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ । खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । संयुक्त लगानीबाट नाफा हुनेछ ।

मकर : दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ । नयाँ सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन् । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा नाफा होला ।

कुम्भ : लाभ हुने दिन छ । बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीन : दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ । तपाईंको मिहिनेतमा अरुले फाइदा उठाउने जोखिम छ । परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
37 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।