एनपीएल-२ : जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । सुरुआती ४ खेलमा हार बोहोरेको जनकपुरले आफ्नो पाँचौ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

__________ बिज्ञापन____________

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरको जितका ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिल शाह ६१, आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रनमा आउट भए । आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे ।

__________ बिज्ञापन____________

बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।

बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
16602 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।