मंसिर १६ काठमाडौं ।
केशरमहल अगाडि कारको ठक्करबाट पैदलयात्रुको गयो ज्यान। ड्युटीमा रहेका ट्राफिक प्रहरी घाइते। मृतक अन्दाजी ३० वर्षका पुरुषको पहिचान खुल्न सकेको छैन । ट्राफिक प्रहरी घाइते भएका छन । प्रहरीका अनुसार कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका प्रहरीको नियन्त्रणमा छन् । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा प्र ०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो । घाईतेको तत्कालै उद्धार गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।
स्रोत- काठमाडौं संवाददाता ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0