मान्छे को मन र बिचार शुद्धिकरणका लागि शास्त्र के भन्छन् ।

मंसिर १९ गते भृगुवासरे ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

. मन र बिचार शुद्धीकरणका लागि शास्त्रीय बिधान।

स्त्रीसङ्गमग्निसेवा च बह्वालापं प्रियाप्रियम् ।
अतीव भोजनं योगी त्यजेदेतानि निश्चितम् ।।

स्त्रीसङ्गम्— अत्यधिक कामसङ्ग, आसक्ति, स्त्रीसङ्गले इन्द्रियविषय आसक्ति, देह आकर्षण, कामविकार, सम्बन्धस्वार्थ सबै जनाउँछ । शास्त्रले सन्तानधर्मले विलकुलै निषेध गरेको होइन, अत्यधिक आसक्ति वा योगमार्गमा बाधा पर्ने स्तरको मोह निषिद्ध हो ।यसको अधिकताले प्राण–शक्ति नष्ट गर्छ, चित्त चञ्चल बनाउँछ, ओजस घटाउँछ, ध्यान असम्भव पार्छ हठयोगमा ओजस संरक्षण सबैभन्दा महत्वपूर्ण छ । अत्यधिक ताप, क्रोध, अतितापको सेवन ‘अग्निसेवा’ को अर्थ अगाडिबाट लगातार आगोको ताप लिने, अत्यधिक गर्मी, क्रोध–उत्पादन गर्ने काम, उग्र तापोधित वातावरण । अत्याधिक अग्नि सेवनले– पित्त अत्यधिक, नाडी कडक, श्वास अस्थिर, मन अराजक, समत्व आवश्यक योगीका लागि, अत्यधिक ताप पूर्ण वज्र्य ।
धेरै बोल्ने, निरर्थक कुराकानी बहुआलाप, बिनाकारण बोल्दै बस्ने, गफगाफ, वादविवाद, निन्दा–चुगली, मन शक्ति ‘वाणी’ मा बग्छ,, ध्यान भङ्ग हुन्छ ।
योगमा मौन–पालन मनशुद्धिको प्रधान उपाय हो । आकर्षण र द्वेष मनपर्ने र नमनपर्ने यी दुवैमा ‘आसक्ति द्वेष’ हुनु योगमार्गमा विघ्न हो । योगीले रुचि अरुचि दुवै पार गर्नुपर्छ । समत्वमा बस्नुपर्छ । राग–द्वेष त्याग्नुपर्छ । समत्व बिना समाधि सम्भव छैन ।
अत्यधिक खानुले, अग्नि मर्छ, सुस्ती, आलस्य, मल–अवरोध, प्राण–गतिशीलता बिग्रिन्छ, कुम्भक कठोर । शास्त्रमा भनेको छ “अर्धमश्नीत भिक्षु” आधा मात्र पेट भर्ने सल्लाह छ । योगमार्गले जीवन सरल र सहज बनाउने छ।सबैले आ आफ्नो जीवनमा धेरै थोरै भए पनि योगमार्गको अनुसरण गरौ।

योगगुरु गोरखनाथका भक्तसँग गरिएको कुराकानीमा आधारित लेख।

स्रोत – काठमाडौं संवाददाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
156 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।