शैक्षिक ठगी बढ्यो ह्वात्तै ।

मंसिर १९ भृगुवार।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

शैक्षिक बिकृति प्रति नेपाली बिद्यार्थी निराशाजनक ।उच्च शिक्षा अध्ययनको नाममा स्वदेश तथा बिदेशमा समेत बसेर शैक्षिक माफियाको जालो फैलिएको छ।सर्वसाधारण नेपालीको हरिबिजोग छ।नेपाली बिद्यार्थी ठग्ने शैक्षिक माफियाको जालो च्यातेर फ्याक्न ढिलो भैसकेको छ।हामी नेपाली बिद्यार्थी ठगिने कहिलेसम्म ? अब्बल र क्षमतावान नेपाली बिद्यार्थी उच्च शिक्षाको नाममा बिदेश पलायन हुने,नेपालको शैक्षिक धरोहर भग्नाबशेष बनाउने,पुँजीको पलाय र दक्ष र श्रमजीवी युवाको अभाव रोक्न पनि सरकार चुकेको छ।

बाबू आमाले भोकै ,नाङ्गो शरीर राखेर,पेट कसेर,अझै राजधानीमै महङ्गो बोर्डिङमा पढाएका बिद्यार्थी के सधैंभरि बिदेशीका लागि सजिलो कामदार मात्रै हुन।नेपाल सरकारको मौनता कहिलेसम्म ?कलिला नानी बाबू ओठमा जुँगा को रेखि नबस्दा नबस्दै,ओठ निचार्दा दूध झर्ला जस्ता बाबू नानीलाई शैक्षिक र रोजगारीका नामा पासोमा पारेर अमेरिका,जापान,युके,कोरिया ,क्यानेडा,यूएई ,न्यूजिल्याण्ड लगाएतका देश पु-याएर अलपत्र पार्ने स्वदेशी वा बिदेशी जो सुकैपनि शैक्षिक अपराधी हुन।अब नेपाल भित्र बसेर कन्सलटेन्सीको नाममा ठगीको धन्दा चलाउने उपर सरकारले दण्ड को लाठीचार्ज गर्न ढिलाइ गर्नहुन्न।

अहिले भित्री पनि बिदेशी बिश्वबिद्यायालयबाट मान्यता प्राप्त कलेजको नाममा अप्रत्यक्ष ठगीको जालो बिस्तार भएको चर्चा छ।सरकारले छिटो खोजी निति गरोस् ।विभिन्न एकेडेमीका नाममा अनुमतिपत्र लिएका भए पनि मास्टर्स डिग्री प्रदान गर्ने भन्दै भ्रममा पारेर आर्थिक शोषण धेरै नेपाली बिद्यार्थी परेको गुनासो छ।अस्वीकृत र अप्रमाणित बिदेशी बिश्वबिद्यालयसँग सम्बन्धनको फोस्रोदावी गर्ने,भ्रम छर्ने,भिसा र रोजगारीका लोभको पासो र जाल फ्याक्ने जो सुकै स्वदेशी ,बिदेशी रोजगार कम्पनी वा कन्सलटेन्सी पनि सजायको भागीदार हुन।सरकारले अष्ट्रेलिया र यूएईका विभिन्न बिश्वबिद्यालयमा ठगीमा परेका र पारिएका बिद्यार्थी को लागि छिटो न्यायको ढोका खोल्नेमा नेपाली बिद्यार्थी आशावादी छन।

सम्पादकीय ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
50%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
300 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।