नेपाली खानाको बैज्ञानिक महत्त्व ।

मंसिर १९ गते शुक्रबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

डा.अरुणा उप्रेती ।

दाल–भात–तरकारीको वैज्ञानिक महत्व

नेपाली भान्सामा नियमित पाक्ने दाल, भात, तरकारी र अचार वैज्ञानिक रूपमै सन्तुलित भोजन भएको उहाँको भनाइ छ। डा. उप्रेतीले भन्नुभयो, “हामीले भातसँग खाने अचारमा भिटामिन ‘सी’ हुन्छ, जसले दाल र तरकारीमा भएको आइरन (लौह तत्व) लाई शरीरमा शोषण गर्न मद्दत गर्छ।” उहाँले महँगो र सुपरमार्केटको खाना मात्र राम्रो हुन्छ भन्ने भ्रम त्याग्न आग्रह गर्दै पुर्खाले खाँदै आएको कोदो, फापर, मकै, भटमास, दुध र दही नै स्वास्थ्यवर्द्धक रहेको बताउनुभयो।

विज्ञापनको भ्रम र बट्टाको जुस

डा. उप्रेतीले विज्ञापनको पछि नलाग्न सुझाव दिँदै बट्टामा बन्द गरिएका ‘फ्रेस जुस’ भनिने पेय पदार्थमा ८० प्रतिशत चिनी हुने र त्यो ६ महिना पुरानो हुने भएकाले स्वास्थ्यका लागि हानिकारक रहेको प्रष्ट पार्नुभयो।

मासु नखाँदा कमजोर भइँदैन

मासु नखाँदा रगत र भिटामिनको कमी हुन्छ भन्ने भनाइलाई खण्डन गर्दै डा. उप्रेतीले शाकाहारी भोजनबाटै पनि शरीरलाई चाहिने पूर्ण पोषण प्राप्त गर्न सकिने बताउनुभयो। मासुमा रेशादार पदार्थ (Fiber) नहुने भएकाले यसको अत्यधिक प्रयोगले आन्द्रा र मलद्वारको क्या`न्सरको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएको उहाँले उल्लेख गर्नुभयो। उहाँले भटमास, पनिर, तिल र आलस जस्ता खानेकुराबाट पर्याप्त क्याल्सियम र प्रोटिन पाउन सकिने बताउनुभयो।

घाममा बस्ने बानी हराउँदा भिटामिन ‘डी’ को कमी

पछिल्लो समय कालो भइन्छ भन्ने डरले घाममा नबस्ने र रसायनिक क्रिमहरू प्रयोग गर्ने बानीले महिलाहरूमा भिटामिन ‘डी’ को कमी देखिएको उहाँले चिन्ता व्यक्त गर्नुभयो। “प्राकृतिक घाममा १५–२० मिनेट बस्दा पाइने भिटामिन छोडेर औषधि कम्पनीका चक्की खानु दुर्भाग्यपूर्ण हो,” उहाँले भन्नुभयो।

आफू ६० वर्षको उमेरमा पनि ३०/४० वर्षको हुँदाभन्दा बढी फुर्तिलो र स्वस्थ रहेको अनुभव सुनाउँदै डा. उप्रेतीले भन्नुभयो, “मैले विगत ३० वर्षदेखि बजारको पत्रु खाना (जंक फुड) खाएको छैन। घरको खाना, नियमित योग र बेलुकाको खाना कम गर्ने (इन्टरमिटेन्ट फास्टिङ) बानीले नै मलाई स्वस्थ राखेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
1982 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।