काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0