मंसिर २१ आइतबार ।
काठमाडौं ।
समय सन्दर्भ र राजनीतिमा च्याँखे थाप्ने खेल दलहरु भित्र कति समय रहला अझै सबै दल र तिनका नेता कार्यकर्ताले परिवर्तनको अनुभव कहिले गर्ने ? नेपाली जनताको मतको मान मर्दन कति गर्ने ।अब सोच्नुपर्ने ,सच्याएर अगाडि जानुपर्ने ,अनिवार्य परिवर्तनको खाका कोर्नुपर्ने छ।नयाँ वा पुराना दल र तिनका सचेत युवानेता र नेतृत्व हिजोको गल्ती ,कमीकमजोरी बाट पाठ सिकेर अगाडि जानुपर्ने बेला आएको छ।
सबै युवाले आज निर्धक्क भन्दै छन ।अराजक गतिविधि र युवालाई उपेक्षा गरेर अब देश बन्दै बन्दैन र चल्दैन पनि ।
बि सं २००७/ १५/३६/४६/६३ ०८२ सम्म नेपाली राजनीति को शिखर चुमेका र चुम्न उद्यत नेता, नेतृत्व ख्याल गर्नु अब जनता को आँखामा छारो हाल्न नखोज्नु।सधैंभरि चरण र शरणबाट राजनीति गरिरहेकाहरूले पनि आफू र आफ्नो दल र नेतालाई सुधार्नु। जनताबाट अनुमोदित हुन् नसकेकाहरूले पनि यस पटक को मौका सदुपयोग गर्न पछि नपर्नु। अनि अनुमोदित तर जीवन नै त्याग गरेर बसेका भन्नेहरू पनि आफ्नो स्वार्थमा तलमाथि हुन्छ कि भन्ने भयका साथ नयाँ अद्वितीय सभापति को खोजी र सम्भावनाको प्रतिक्षामा नेपाल ,नेपाली ,सचेत र शुभेच्छुक बिदेशी , आम पार्टीका आशावादी नेता कार्यकर्ता छन।
बिकल्पै विकल्प छ । देख्ने आखाँ पनि छ। सक्षम छ, काबिल छ भन्ने पनि थाहा छ। जनताको चाहना त्यहि छ भन्ने पनि थाह छ तर स्वीकार गर्न सकिराखेका छैनन्। बस आफ्नो स्वार्थमा तलमाथि भैहाल्छ कि भन्ने डर छ ।आफु भन्दा कनिष्ट अगाडि बढे आफ्नो पालो आउन्न कि भन्ने डर छ।
र त बिकल्प देख्ने आखाँहरू बन्द छन्। ति तमाम निर्विकल्प भन्नेहरूलाई सानो सुझाव, “फलको आश नगरी कर्म गर्नेहरूलाई ढिलो चाँडो भन्ने हुन्न समय आउँछ। बाराक ओबामा छिटै राष्ट्रपति भए, बाईडेन ढिला भए, सबैको पालो आउँछ यदि कर्ममा बिश्वाश गर्ने हो भने, आफ्नो कर्म प्रति इमान्दार हुने हो भने।
निर्विकल्प, निर्विकल्प भन्दै बस्ने हो भने तपाईंको निर्विकल्पको मात्र हैन, तपाईंकै पनि बिकल्प दिन्छन जनताले, दिनेछ समयले ।
त्यसैले समयको मागलाई बुझेर एकचोटी नेपाली काँग्रेस लाई कोमा बाट बाहिर निकाल्न जरुरी छ। काँग्रेस प्रति जनताको आशा र बिश्वास जाग्न सक्छ। अध्यक्षको नेतृत्व युवा पुस्तालाई दिन सबै एक ढिक्का भएर उभिनुहोस। चिर्नुहोस एउटा पुस्ता माथि छाएको राजनैतिक नैराश्यताको बादल।
देखाउनुहोस। सुनौलो भविष्यका ताराहरु नेपाली काँग्रेस र देशको इतिहासमा फेरि एकपटक ।अब सबै दल र नेता,नेतृत्वले समय सापेक्ष परिवर्तनको दिशा समात्न नसकेको खण्डमा देश बैरीको अखडा बन्ने निश्चित जस्तै छ।देशी,बिदेशी कु तत्वहरु नेपालीको स्वर्ग जस्तो देशको शान्ति खल्बल्याउन र बिदेशी बुट बजार्न आतुर छन्। अहिले जेनजी आन्दोलनको बलमा आएको सरकारको अहिलेसम्म शून्य उपलब्धि र बिदेशी को इशारामा नाचेको छर्लङ्ग छ। हैन भने खैत भ्रष्टाचारको फाईल खुलेका ,अपराधी राता रात समातिएका सान र अमन चैन कुन चराको नाम हो सरकार बेखवर छ।
सम्पादकीय ।