स्वर्ण बिन्दु प्राशनले शिशुको रोग प्रतिरोधात्मक क्षमता दोब्बर हुने आयुर्वेदिक चिकित्सक को दावी ।

अमरराज नहर्की
तनहुँ, मङ्सिर २३ गते । 
तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ । पहिलो चरणमा २१२ बालबालिकाले मात्र प्राशन पाएका थिए भने सोमबार सम्पन्न दोस्रो चरणमा ७४ नयाँ बालबालिका थपिँदै सहभागी सङ्ख्या २८६ पुगेको प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले जनाएको छ ।

__________ बिज्ञापन____________

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, तौल–उचाइ वृद्धि र बौद्धिक विकासमा फाइदा हुने जनविश्वास बढ्नु नै सहभागिता उच्च हुनुको कारण भएको चिकित्सालयले बताएको छ । पहिलो चरणको प्रभावकारी परिणाम र अभिभावकबिच फैलिएको सकारात्मक धारणा दोस्रो चरणमा सहभागिता व्यापक हुन मद्दत गरेको प्रमुख डा. नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

__________ बिज्ञापन____________

व्यास नगरपालिका–३ का अभिभावक राजु भण्डारीले कार्यक्रमप्रति भरोसा बढ्दै गएको बताउनुभयो । “पहिलो चरणमा प्राशन खुवाएपछि बच्चामा बिरामी हुने अवस्था हटेको छ भण्डारीले भन्नुभयो, “फाइदा देखेपछि यसपटक पनि ल्याएँ । ” स्वर्णभस्म, घिउ र मह मिसाएर चिकित्सकको प्रत्यक्ष निगरानीमा तयार गरिने यो प्राशन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । सरकारको कार्यविधिअनुसार १–२ वर्षका बालबालिकालाई दुई थोपा र २–५ वर्षका बालबालिकालाई चार थोपा दिने व्यवस्था छ ।

यो वर्ष २५ जिल्लामा सुरु गरिएको कार्यक्रम तनहुँमा प्रत्येक पुष्य नक्षत्रका दिन नियमित रूपमा सञ्चालन हुँदै आएको छ । अब तेस्रो चरण पुस २१ गते खुवाइने वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिनुभयो ।

दोस्रो चरणमा अभिभावकको चाप बढेपछि आगामी चरणका लागि व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन र सेवा प्रवाह सहज बनाउन थप तयारी थालिएको चापागाइँ बताउनुहुन्छ ।

प्रमुख प्रेस सल्लाहकार ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
228 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।