तनहुँ, मंसिर २३ गते।
मंगलबार ।
तनहुँ काँग्रेस भित्र चुलिएको राजनीतिक प्रतिशोधको आगो भड्किने प्रबल सम्भावना बढेको छ।पार्टीका स्थापित ,त्यागी र कहिल्यै कुनै पार्टी र सत्ताको लाभको अवसर बाट समेत बञ्चित जिल्ला स्तरीय नेताहरूको त्याग र समर्पण मूल्यांकन शून्य बिन्दुमा झरेको छ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाका नेपाली काँग्रेस नेता लक्ष्मी आचार्य संगठनभित्र आफ्नो दीर्घ राजनीतिक यात्रा, संघर्ष र समर्पणका कारण पहिचान बनाएका नाम हुन् । विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा उत्रिएका आचार्य नेपाल विद्यार्थी संघबाट नेतृत्व यात्रा सुरु गर्दै क्रमशः केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति हुँदै तनहुँ क्षेत्र नं. १ का तीन कार्यकालका सभापति बन्न सफल भए । संगठनप्रति निरन्तर निष्ठा राख्दै उनले काँग्रेस तनहुँको सहसचिव र पछिल्लो समय निबर्तमान सचिवको जिम्मेवारीसमेत वहन गरे ।
आचार्यको राजनीतिक जीवन सहज थिएन। उनी बारम्बार जेल जीवन व्यतित गर्न बाध्य भए । लमजुङ, कास्की र बाग्लुङमा काँग्रेस भएर सक्रिय राजनीति गरेको कारण मात्रै उनले करिब तीन वर्ष कारागारमा बिताए । २०३५ सालमा पहिलो पटक कैद भोगेका उनले २०३६ सालमा चन्द्रावती बजारमा कम्युनिष्टहरूले कालोमोसो दलेर बजार परिक्रमा गराएको अपमान सहनु प¥यो । २०४२ सालमा कारागारमा बस्दा उनले तत्कालका एमाले नेता केपी शर्मा ओलीसँगै छ महिनासम्म जेल जीवन बिताएका थिए । राष्ट्रपति तथा कांग्रेस नेता रामचन्द्र पौडेल बाग्लुङ कारागारमा एक वर्ष बसिरहेको प्रसंग पनि उनले सम्झिन्छन् ।
यस्ता कठोर संघर्ष, जेल–जिवन र संगठनप्रतिको स्थिर प्रतिबद्धताबाट बनेको आफ्नो राजनीतिक पहिचान लिएर आज आचार्यले तनहुँबाट राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गराए । काँग्रेसले त्याग, अनुशासन र संगठनप्रतिको निष्ठा मूल्यांकन गर्दै त्यस्ता नेतालाई अग्रपंक्तिमा ल्याउनु स्वाभाविक हो ।।।
प्रमुख प्रेस सल्लाहकार ।
नेपाली काँग्रेस तनहुँका सचिव सहदेव अधिकारीसमक्ष उम्मेदवारी दर्ता गरेका आचार्यको दीर्घ संघर्ष र अनुभवसहितको प्रस्तुतिले संगठनभित्र नयाँ उर्जा जगाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् । सोमबार पनि आकांक्षीहरूको नाम संकलन जारी रहनेछ ।