मंसिर २३ गते मंगलबार ।
काठमाडौं ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार अर्घाखाँची जिल्लामा जन्मेर काठमाडौं कर्म क्षेत्र बनाउन सफल ब्यक्ति नेपाली भाषा,संस्कृति ,रितिरिवाज,ज्योतिष शास्त्रमा आचार्य गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न तह र तप्कामा रहेर अब्बल ज्ञान,सीप क्षमताको प्रदर्शन गर्न सक्ने ।नेपाल पञ्चाङ्ग निर्णायक समिति हाँक्ने समय सापेक्ष पञ्चाङ्ग सुधार्ने ल्याकत राख्ने श्री लक्ष्मण पन्थिलाई नेपाल सरकारको मन्त्री परिषद को निर्णय अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्ति हुनुभएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले अब्बल दर्जाको युवा निर्देशक पाएको छ।सरकारले गरेको निर्णय समय सापेक्ष ,युगको माग र युवाको नेतृत्व गर्ने अब्बल दर्जाका पन्थीले बिगतमा पनि पञ्चाङ्ग निर्णायक समितिको सदस्य भएर उत्कृष्ट काम गर्न सफल।भएको अनुभव छ।
अब पर्व सुधार ,समय सुधार ,चाडपर्व वा अन्यकुनै नाममा नेपाल र नेपाली माथि हुने सबै प्रकारका भ्रम लाई चिरेर समिति अघि बढ्ने कुरामा नेपाल सरकार र नेपाली जनताले पनि आशा र अपेक्षा गरेका छन्।
सवितुर खवर।