काँग्रेसको राजनीतिक मुहान रहेन सफा।

मंसिर  २४ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

के तनहुँ का योग्य ,अनुभवी ,अब्बल र क्षमतावान नेता को धैर्य रहला ? ।के भन्दै छन् तनहुँ काँग्रेसका युवा पुस्ताले ।जोशी खोइ,जोशीको मूल्यांकन खोइ,कार्यकर्तालाई दिने आड,भरोसा कता बिलायो?
अहिले बिपि को बिचार र सिद्धान्तलाई लाई नै आधार मान्ने हो भने पनि अहिलेको परिस्थितिमा तनहुँ बाट सिफारिस भएका हरु आफ्नो योग्यता क्षमतामा ‘सी’ ग्रेडका उम्मेदवार हुन्। तर अहिले पार्टी पंक्तिमा उनीहरू कै हालीमुहाली चरम रुपमा व्याप्त भएकै कारण उनलाई यसको कहीँकतै स्पष्टीकरण दिइराख्नु पर्दैन। बरु स्थानीय स्तरका सम्भावना बोकेका युवा नेतृत्वको अनेकौं बहाना र बखेडा झिकेर भर्भराउदो युवा माथि सामाजिक ,सांस्कृतिक अनुशासनका अनेक पर्खाल खडा गर्ने लाइसेन्स सिफारिस समितिलाई कहाँ कहाँ बाट प्राप्त छ ? तनहुँ काँग्रेस कार्यकर्ताको एउटै प्रश्न छ। देश बनाउन हिडेको मान्छेको इज्जत उनीहरूको चरित्रमा झुण्डिएको हुन्छ। त्यसमा थोरै पनि दाग लाग्यो भने समाजले घृणा र तिरस्कार गर्न सक्छ। त्यसैले नेता हुन र नेतृत्व लिन तम्सेको ब्यक्ति सधैंभरि कडा अनुशासनमा बस्नुपर्छ। आफ्नो इज्जत छोप्न नेतृत्वले सहरमा ठूलाठूला महल बनाउने आम्दानीको कुनै स्रोत देखाउन नसक्ने अनि सधैंभरि सुकिला,मुकिला हुने सुरा,सुन्दरीमा रम्ने रमाउने ,मिठो खान,राम्रो लगाउन र भट्टी वा होटलमा बसेर खानु हुदैन ।, जोडले बोल्न र हाँस्न हुँदैन तर उम्मेदवारको दावेदारी गर्नेले बेहोस मा,आवेगमा वा मादक पदार्थको तालमा जे बोले पनि जे गरे पनि निष्ठावान कार्यकर्ता र नेपाली जनताले सधैंभरि काँग्रेस कार्यकर्ता लाई गरेको अपमान र तिरस्कारको बदलामा यिनैलाई गर्ल्याम्म अँगालो हालेर बोक्नु पर्छ। सहनशील कहलाउन अरूको मुख लाग्नु हुँदैन। नैतिकवान र चरित्रवान देखिन चलिआएकोे परम्परामाथि विमति राख्नु हुँदैन।’ यस्तै आशयका रुढिवादी उपदेशहरूले पार्टीको गौरव र इतिहास जोगाउन सकिदैन । राजनीतिक धर्मान्धता पक्कै पनि राम्रो होइन ,युवा पुस्ता सुहाउँदो त झनै होइन ।नेपाली काँग्रेसमा दलगत र गुटगत हिंसाको सम्बन्ध कति गहिरो छ तनहुँमा भन्ने बिषय लाई सिफारिस समिति को सिफारिस ले क्रिस्टल क्लियर बनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
152 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।