प्राकृतिक आहार र मानव स्वास्थ्य ।

मंसिर  २४  गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

प्राकृतिक जीवन के हो ?

प्राकृतिक जीवन भनेको प्रकृतिसँग मिलेर, सन्तुलन राखेर बाँच्ने जीवनशैली हो । यसमा हामी प्रकृतिको नियम अनुसार जीवन जगाउँछौँ, जसले गर्दा हाम्रो शरीर, मन, र आत्मा स्वस्थ्य र खुशी रहन्छ । प्राकृतिक जीवनले हामीलाई प्रकृतिको नजिक लान्छ, जसले गर्दा हामी सन्तुष्ट र सुखी हुन्छौँ ।

प्राकृतिक जीवनका मुख्य अंशहरू
प्राकृतिक आहार
ताजा फलफूल, सागसब्जी, अन्न, र प्राकृतिक खानेकुरा खानु । प्राकृतिक आहारले हाम्रो शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ र रोग प्रतिरोधक क्षमता बढाउँछ ।
शुद्ध पानी र स्वच्छ हावा
प्रदूषणमुक्त पानी पिउनु र ताजा हावा लिनु । शुद्ध पानी र स्वच्छ हावाले हाम्रो शरीरलाई स्वस्थ्य राख्छ र ऊर्जावान बनाउँछ ।
व्यायाम र योग
नियमित व्यायाम, योग, र प्राणायाम गर्नु । व्यायाम र योगले हाम्रो शरीर र मनलाई तन्दुरुस्त राख्छ ।
प्रकृतिसँग जोडिने
बगैंचा, पहाड, नदी, जंगल जस्ता प्राकृतिक स्थानमा समय बिताउनु। प्रकृतिसँग जोडिएर हामी मानसिक तनाव कम गर्न सक्छौँ र खुशी पाउन सक्छौँ ।
साधारण जीवनशैली
साधारण र सरल जीवन जगाउनु, जसमा तनाव कम हुन्छ र खुशी बढ्छ । साधारण जीवनशैलीले हामीलाई सन्तुष्ट र सुखी बनाउँछ ।
मानव र प्रकृतिको अन्तरनिहित सम्बन्ध
मानव जीवनको मूल स्रोत प्रकृति हो । हामी शारीरिक रूपमा मात्र होइन, भावनात्मक, बौद्धिक र आध्यात्मिक रूपमा पनि प्रकृतिसँग जोडिएका छौँ । जीवनको प्रत्येक स्वरूप – हावा, पानी, माटो, प्रकाश, ताप, बीउ, र वनस्पति – मानव अस्तित्वको आधारस्तम्भ हुन् । यिनै तत्वहरूको संयोजनले हामीलाई बाँच्न, अनुभव गर्न र अस्तित्व अनुभूति गर्न सक्षम बनाउँछ । त्यसैले मानव र प्रकृतिको सम्बन्ध कुनै बाह्य सम्बन्ध होइन, यो त अन्तर्निहित, अविभाज्य र अनिवार्य सम्बन्ध हो ।

आजको आधुनिक जीवनशैलीले मानिसलाई प्रकृतिबाट केही टाढा त पुर्‍याएजस्तो देखिन्छ, तर वास्तविक रूपमा प्रकृति नै संसारको स्थायित्व र मानव जीवनको सुदृढ आधार हो । जब हामी बिहानको खुला हावामा श्वास लिन्छौँ, फुलको बास्ना महसुस गर्छौँ, वर्षाको चिस्यानसँग भिड्छौँ वा जंगलको हरियालीमा डुबेर आनन्द पाउँछौँ त्यही क्षणहरूमा प्रकृतिसँगको हाम्रो गहिरो नाता झन प्रकट हुन्छ । यस्ता अनुभूतिहरूले जीवनलाई मात्र चलायमान बनाउँदैनन्, जीवन बाँच्नुको अर्थ र सौन्दर्य पनि उजागर गर्छन् ।

प्रकृतिसँगको सम्बन्ध मानवका लागि सिर्जनशीलताको ठूलो आधार हो । कलाकार, लेखक, कवि, वैज्ञानिक – सबैले प्रकृतिबाट प्रेरणा लिन्छन् । पातको कम्पन, नदीको वहाव, हिमालको महिमा र घामको उज्यालो – यी सबैले मनको गहिराइमा नयाँ चेतना जागृत गर्छन् । मानवको आध्यात्मिक विकास पनि धेरै हदसम्म प्रकृतिको स्पर्शले नै परिपक्व हुँदै जान्छ । शान्त वन, निला आकाश र खुला धरतीले मनलाई शान्त पार्छ र आत्म – अन्वेषणतर्फ उन्मुख बनाउँछ ।

तर, यी सबैका बीच प्रकृतिको संरक्षण हाम्रो जिम्मेवारीको मूल भाग हो । यदि मानवले प्रकृतिलाई सम्मान र संरक्षण गर्न सकेन भने जीवनको सार नै नष्ट हुनेछ । प्रकृति र मानव एक – अर्काका पूरक हुन् – यो सम्बन्ध सन्तुलनमा रहँदा मात्र जीवनको स्थायित्व सम्भव हुन्छ । पानीको स्रोतहरू बचाउने, जंगलहरू जोगाउने, वातावरण प्रदूषण नियन्त्रण गर्ने र जैविक विविधता संरक्षण गर्ने कामले मात्र यो सम्बन्धलाई दीर्घकालीन बनाउन सकिन्छ ।

मानव र प्रकृति छुट्टै अस्तित्व होइनन्; उनीहरू एकै जीवनचक्रका अविभाज्य हिस्सा हुन् । प्रकृतिबिनाको मानव जीवन कल्पना पनि गर्न सकिँदैन । त्यसैले प्रकृतिसँगको यो अन्तरनिहित र अन्तर सम्बन्ध नै जीवन बाँच्नुको वास्तविक अर्थ हो । प्रकृतिलाई महसुस गर्न, त्यसलाई सम्मान गर्न र त्यससँग समन्वयमा जीवन बिताउन सक्नु नै मानवताको परिपूर्णता हो ।“यदि हामी प्रकृति भित्र लुकेका रहस्यहरूलाई बुझ्न सक्षम भयौँ भने मात्र स्वस्थ विकास, उन्नति र प्रगतिको मार्ग प्रशस्त हुन्छ। स्वस्थ शरीर, स्वस्थ मन र सुदृढ तन भएका नागरिकहरू नै राष्ट्रका सच्चा रक्षक हुन्

कविराज श्री पूर्णिमा के सी।

सवितुर खबर।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
179 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।