उम्मेदवार सिफारिसमा गण्डकी काँग्रेसमा पनि भाँडभैलो।

मंसिर २७ शनिबार ।

__________ बिज्ञापन____________

तनहुँ भानु।

__________ बिज्ञापन____________

भाषणमा ‘जेनजी’, व्यवहारमा ‘वृद्धाश्रम’ ! गण्डकी मा पनि अधिकांश तिनै ‘टेस्टेड’ अनुहारको हालीमुहाली।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सार्वजनिक मञ्चहरूमा जतिसुकै ‘पुस्तान्तरण’, ‘रूपान्तरण’ र ‘नेतृत्व हस्तान्तरण’ को कुरा उठाएपनि उम्मेदवार सिफारीसमा भने तल्ला कमिटीले उनीहरुको आवाजलाई लत्याइदिएका छन् ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गरिरहँदा गण्डकी प्रदेशका अधिकांश जिल्लामा ‘जेनजी’ (नयाँ पुस्ता) को उपस्थिति शून्यप्रायः देखिएको छ । ‘जेनजी’ आन्दोलनले राजनीतिमा पुस्तान्तरण र परिवारवादको अन्त्यको बहस छेडे पनि कांग्रेसको तल्लो तहबाट आएका सिफारिस सूचीमा ७० वर्ष कटेका, बारम्बार मन्त्री बनेका र पटक–पटक परीक्षण भइसकेका ‘टेस्टेड’ अनुहारकै हालीमुहाली देखिएको छ। केही जिल्लाबाहेक सबैतिरबाट आएका नामहरूले कांग्रेसभित्र नयाँ पुस्ताको प्रवेशमा अघोषित प्रतिबन्ध नै लागेको जस्तो भान गराउँछ ।
सबैभन्दा रोचक र उदेकलाग्दो दृश्य तनहुँ क्षेत्र नम्बर १र २ मा पनि देखिएको छ । पटक पटक /सांसद र मन्त्री बनिसकेकाहरुको एकल सिफारिसका लागि जोडबल गरिएको थियो । ‘जेनजी’ आन्दोलनले पुस्तान्तरणसँगै ‘नेपो बेबी’ (नातावाद) को अन्त्य हुनुपर्ने आवाज उठाएको थियो । सक्षम युवालाई पाखा लगाउने यो प्रवृत्तिले कांग्रेसभित्रको ‘जेनजी’ सेन्टिमेन्टमाथि कुठाराघात गरेको टिप्पणी तनहुँका काँग्रेस प्रति आशा,भरोसा र बिश्वास राख्ने निष्ठावान र इमानदार कार्यकर्ताहरूले गर्न थालेका छन् ।
नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिहरूलाई यस पटक समानुपातिक उम्मेदवार बन्न नपाउने नियम बनाएपछि प्रत्यक्षतर्फ आश गरेका केही नेताहरूलाई व्यवस्थापन गर्न पनि समस्या भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
236 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।