मंसिर २८गते आइतबार ।
तनहुँ ।
मंसिर २८ गते आइतबार ।
भानु ९ तनहुँ ।
नेपाल र नेपाली माथिको गिद्वे नजर।
धर्म र संस्कार अनि मिलेर बसेको समाजको लाई खल्बल्याउन दिने कि छुट दिने ।सत्य यो हो कि नेपालको इतिहासमा अपवाद बाहेक कुनै पनि ब्राह्मणले शासन गरेनन् । सनातन शास्त्र भन्छ – “ब्राह्मणको काम शासन गर्ने हैन, शिक्षा दिने हो । शासन गर्ने काम क्षेत्रीको हो ।
ब्राह्मणहरु पनि गरिब छन्। आफ्नो तप, त्याग, विद्या, बलिदान र देशभक्तिमा समर्पित लाग्ने नगन्य मात्रै छन्। क्षत्रीहरुमा बिचलन आएको छैन् ल्याउने प्रयास धेरै छ। आफ्नो देशको मौलिक धर्म, संस्कृति, संस्कार र सामाजिक परम्पराको विरासतलाई आजसम्म पनि जोगाएर राख्न क्षेत्रीहरुकै योगदान रहेको छ । क्षेत्रीहरुले देशको मौलिक धर्म, संस्कृति, परम्परागत संस्कार र पुर्विय सभ्यतालाई जोगाइरहँदा मिसनरी एजेन्डामा रमाइलो गरेका बाहुन,दलित ,केही नगन्य जनजातिका आँखा किन बिझाउछ। बाहुनले आफ्नो धर्म र संस्कारको मूलबाटो बिर्सेर हिड्दै गर्दा आज निर्दोष ले पनि कर्मकाण्डी, पाखण्डी, लोभी, ढोंगी भन्दै गाली खानुपर्ने र बिदेशी दलालहरुको लागि पेट पाल्ने मेलोमेसो बन्नु परेको छ । कोही “बाहुन-क्षेत्री मुर्दावाद” भन्दै हिंड्छन्, कोही मन्दिरबाट निकाल्न खोज्छन् ।भकति थापा,भिमसेन,थापा,बलभद्र कुवँर ,अम्मरसिंह थापा,कालु पाण्डे ,जँगबहादुर राणा ,जुद्व शमशेर ,चन्द्र शमशेर,जति इतिहासमा चर्चामा छन्।सबै क्षत्री थिए। यो देशमा अन्यको योगदान र बलिदान छैन भन्न खोजेको हैन,लखन थापा,धर्मभक्त ,शुक्राज लगाएत नेपाल को विभिन्न कालखण्डमा भएको परिवर्तनका लागि सबैको महत्त्वपूर्ण योगदान छ।
जसले नेपालको हिन्दु राष्ट्रको पहिचान खतम गरे, धर्म निरपेक्षता ल्याएर चोक-चोकमा चर्च ठड्याउने र घर-घरमा बाइबल बाँड्ने मिशनरीहरूलाई खुला छुट दिए। कोरियन मुन पादरीलाई निम्त्याएर होलिवाइन पार्टी गरे ।ती बाबुराम भट्टराई, हिसिला यमी, माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा, प्रचण्डहरू बाहुनको वंशमा जन्म लिएका कलियुगका दुर्योधन हुन र आफूलाई रावणको जस्तो घमण्ड झिकेर सावित गराउन लागि परेका छन। यिनीहरू सबै नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण बन्न लागि परेका छन् समय छ अझै चेत। नास्तिक, कम्युनिस्ट र इसाई मिशनरीका दलाल हुन बाट आफू र आफ्नो पार्टीको होनाहार युवापिढीलाई जोगाउ। आफ्नो धर्म, संस्कृति र कुल पितृलाई लात हानेर होलिवाइन पिए पनि नेपाली जनताले सुध्रिने भए एकपटकका लागि माफि दिन तयार छन ।यिनका कुकर्म र भ्रष्टाचारलाई हेरेर सच्चा बाहुन,क्षत्री ,गुरुङ ,मगर,राई लिम्बू ,थारु,लगाएतलाई सत्तो सराप हाल्ने र गाली गर्नेहरू तिनै धर्मछाडा गद्दारका मतियार हुन्
– जसले नेपाललाई एकीकरण गरेर आधुनिक राष्ट्र बनाए – पृथ्वीनारायण शाहका मुख्य सल्लाहकार राजगुरु वंशराज पाण्डे, गुरु गोरखनाथ परम्पराका बाहुनहरू थिए ।
– नेपालमा सती प्रथा अन्त्य गराउन, विधवा विवाह चलाउन, संस्कृत पाठशाला खोल्न योगदान दिने पण्डितहरू बाहुन थिए भने त्यसलाई कार्यान्वयन गराउनेहरु क्षेत्री थिए ।
– राणाहरूको जहानिया शासनविरुद्ध गोली थापेर फाँसी चढ्ने शुक्रराज शास्त्री बाहुन थिए भने दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ क्षेत्रीय थिए ।
– २००७ को क्रान्तिमा सबैभन्दा बढी फाँसी, जेल र बलिदान दिनेहरू बाहुन-क्षेत्री नै थिए ।
– नेपालमा छुवाछूत र जातीय भेदभावविरुद्ध सबैभन्दा ठूलो आवाज उठाउने व्यासपीठका महान पण्डित नारायण पोख्रेल बाहुन थिए – जसलाई तिनै नश्लवादी अतिवादीहरूले व्यासमा बसेर पुराण भन्दा-भन्दै गोली हानेर हत्या गरे । अहिले तिनै हत्याराहरूका उत्तराधिकारीहरू “बाहुनले देश बिगारे” भन्दै जातीय बखेडा झिकेर सामाजिक सद्भाव खल्बल्याइरहेका छन्, धार्मिक सहिष्णुतामा प्रहार गरेर देशलाई गृहयुद्धतर्फ धकेलिरहेका छन् ।
– आदि शंकराचार्यका शिष्यहरूले नेपालमा शैव-वैष्णव-बौद्ध-शाक्त मतलाई एकै सूत्रमा बाँधेर पशुपतिनाथलाई विश्वहिन्दुको केन्द्र बनाए । ती शिष्यहरू नेपाली बाहुन पण्डितहरू थिए ।
– भृकुटी र अरनिकोले तिब्बत र चीनमा बौद्ध धर्म फैलाए, नेपालको इज्जत बढाए – तिनका साथी र गुरुहरू बाहुन-क्षेत्री कुलका थिए ।
– नेपालको संविधान लेख्दा सर्वोच्च अदालतमा जातीय राज्यको विरोध गर्ने, एक मधेश दुई प्रदेशको मुद्दा लड्ने अधिकांश वकिलहरू (बोर्णबहादुर कार्की, सुनीलरञ्जन सिंह, बलराम केसी आदि) बाहुन क्षत्री हुन।
देशको मौलिक धर्म, संस्कृति र सनातन परम्पराको जगेर्ना गर्न योगदान दिने जनजातीको योगदानलाई बाहुन क्षेत्रीले कहिल्यै नजरअन्दाज गरेनन् । सबैलाई सम्मान गरे । हामीले कसैको इतिहास बिर्सनु हुँदैन, कसैको योगदानलाई अस्विकार गर्नुहुदैन । किनकि –
पशुपतिनाथ मन्दिरको मूल पुजारी (भट्ट) त बाहुन नै हुन्छन्, तर मन्दिरको जग्गा दान गर्ने, संरक्षण गर्नेमा किराँत, नेवार, मगर, लिम्बु, गुरुङ राजाहरूको ठूलो योगदान छ।
बौद्ध धर्मलाई तिब्बत र चीनमा फैलाउने भृकुटी नेवार थिइन्, अरनिको पनि नेवार नै थिए।
स्वर्गद्वारी, हलेसी, पाथीभारा, गोरखकाली, मुक्तिनाथ आदि ठाउँहरूमा पुजिने देवी-देवताहरू जनजाति समुदायका कुलदेवता हुन्, जसलाई बाहुन क्षेत्री सबैले पुज्ने गर्छन् ।
कुमारी देवीलाई राजाले समेत ढोग्ने र आशीर्वाद थाप्ने परम्परा छ ।
मनकामना मन्दिरमा पृथ्वीनारायण शाहकै पालादेखी मगर पुजारी छन् । बाहुन क्षेत्रीले पनि ढोगेकै छन्, आशीर्वाद थापेकै छन् । समस्या कहिँ छैन । किनकि त्यो हाम्रो धार्मिक, सांस्कृतिक सनातन परम्परा हो ।
नश्लवादी, जातिवादी र उग्रवादीहरुको सोंचमा छ । तिनीहरुको बिदेशी मालिकले फाल्दिएको जुठो हड्डिमा छ । समस्या चेतनामा छ ।
आफ्ना पुर्खाले धर्म, संस्कृति र देशका लागि जे गरे, त्यो आफ्ना छोराछोरीलाई परम्परागत मूल्यमान्यता कायम राख्ने शिक्षा दिन हरेक नेपालीले भूल्नु हुदैन ।